Logo

Student Corner

आमाबुबाको सहयोगी हात

Written by: Deeva Shrestha - 28016, Grade VI

Posted on: 28 February, 2022

परेकाे बेलामा सहयाेग गर्ने व्यक्ति वा संस्थालाई सहयाेगी हात भनिन्छ । मानव समूदायका लागि जसले सहयाेग गर्छन् तिनीहरू नै सहयाेगी हात हुन् ।हामी हाम्रा आमाबुबाको सहयोगी हात हुन सक्छाैँ । हामी कोठा सफा गर्न सहयोग गरेर, खाना पकाउन सहयोग गरेर, गृहकार्य गरेर, भाँडा सफा गर्न सहयोग गरेर, लुगा धुन सहयोग गरेर उनीहरूलाई सहयोग गर्न सक्छौं । 
हामीले अरूको कोठा सफा नगरे पनि कम्तिमा हामीले आफ्नो कोठा चाहिँ सफा राख्नुपर्छ । हामीले आफ्नाे कोठा सफा गर्‍याैँ भने हाम्रा आमाबाबुले हाम्रो कोठा सफा गर्नुपर्दैन, उहाँहरूलाई सजिलो हुन्छ र हाम्रो कोठा पनि सफा देखिन्छ । हामीले पुरै परिवारका लागि खाना पकाउन नसके पनि कम्तिमा हामीले तरकारी वा फलफूल काट्न, तरकारी वा फलफूल सफा गर्न, चिया पकाउन आदि काम गरेर हाम्राे आमाबाबुलाई सहयोग गर्न सक्छाैँ । तरकारी वा फलहरू काट्न र सफा गर्न सहयोग गर्‍याैँ भने हाम्रा आमाबाबुलाई पकाउन सजिलो हुन्छ । हामीले गृहकार्य समयमा गर्नुपर्छ। हामीले गृहकार्य गर्‍याैँ भने हाम्रो आमाबाबुले हामीमाथि गर्व गर्नुहुन्छ । हामीले गृहकार्य गर्‍याैँ भने हाम्रा आमाबाबुले हामीलाई प्रोत्साहन र स्याबासी दिनुहुन्छ । हामीले हाम्रो गृहकार्य गर्‍याैँ भने हाम्रा आमाबाबुले हामीलाई सिकाउनुपर्दैन र उहाँहरूकाे समय बच्छ । हामीले ठुला भाँडाहरू सफा गर्न नसके पनि कम्तिमा साना भाँडाहरू धुन सक्छौं । हामीले साना भाँडाहरू धुन सहयोग गर्‍याैँ भने हाम्रा आमाबाबुलाई सजिलो हुन्छ किनभने उहाँहरूले धेरै भाँडाहरू धुनुपर्दैन। हामीले हाम्रा ठुलाे लुगाहरू धुन नसके पनि कम्तिमा हामीले मोजा र अन्डरगार्मेन्ट जस्ता साना लुगाहरू धुनुपर्छ। अनि हाम्रा आमाबाबुलाई लुगा धुन सजिलो हुनेछ।
हामीले यी कामहरू गरेर हाम्रा आमाबाबुको सहयोगी हात हुन सक्छाैँ र हाम्रा आमाबाबुको कामहरू उहाँहरूलाई गर्न सजिलो हुन्छ।