Logo

Student Corner

हाम्राे भाषा र भेष

Written by: Narve Shahukhal - 30014, Grade IV

Posted on: 28 February, 2022

हाम्राे देश नेपाल विभिन्न जातजातिहरूकाे सङ्गम भएकाे ठाउँ हाे । यहाँ विभन्न जात जस्तैः नेवार,ब्रह्मण,गुरुङ,मगर,तामङ,लेप्चा,यादव,चाैधरी,शेर्पा आदि जातका मानिसहरू बसाेवास गर्दछन् । यी विभिन्न जातजातिका फरकफरक भेष छन् । ब्राह्मणले गुन्युँचाेली,दाैरासुरुवाल,शेर्पाले बख्खु,दाेचा,यादवले धाेती ,सारी लगाउँछन् । यसै गरी अन्य जातजातिले पनि फरकफरक भेष लगाउँछन् । 
यी फरकफरक जातिहरूले भाषा पनि फरक बाेल्ने गर्दछन् । जस्तैः नेवारले नेवारी भाषा बाेल्छन् । गुरुङले गरुङ भाषा नै बाेल्छन् । तामाङ,शेर्पा अनि अरू जातिहरूले पनि आआफ्नाे भाषा बाेल्दछन् । सबैजनाकाे मातृभाषा आआफ्नाे भए तापनि नेपाली भाषा हाम्राे राष्ट्रभाषा हाे । कार्यालयमा नेपाली भाषा बाेलिन्छ । 
हाम्राे देशमा फरकफरक जाति र फरकफरक भाषा बाेल्ने मानिसहरू भए पनि सबै मिलिजुली बस्ने गर्छाैँ । हाम्राे देशलाई फरक भाषा र फरक भेष भएका कारणले धेरै थरी फूलहरूकाे साझा फूलबारी पनि भन्ने गरिन्छ ।