Logo

Student Corner

जिब्राको प्रयोग

Written by: Aarjan Khadka - 29003, Grade V

Posted on: 28 February, 2022

हाम्रो शरीरको अन्य अङ्ग जति महत्वपूर्ण जिब्राे पनि त्यति नै महत्वपूर्ण छ। जिब्राको प्रयोगले हामीले खानेकुरा खान्छौँ। यसकाे अर्को काम बोल्नु पनि हो। जिब्राको प्रयोगले हामीले आफ्नो भावना, विचार, इच्छा र दुःख सुखका कुरा व्यक्त गर्ने गर्छौँ। हामी रिसाएको बेलामा ठुलो र नमिठो स्वरले बोल्छौँ भने हामी खुसी भएको बेलामा सानो र मिठो स्वरले बोल्छौँ। हामीले आफ्ना र अरुसँग जसरी बोल्यौँ उनीहरूले पनि त्यस्तै वचन बोल्छन्।हामीलाई अरू नराम्राेसँग बाेलेकाे मन पर्दैन अनि रिस पनि उठ्छ ।ठिक त्यसै गरी अरूसँग हामी नराम्राे बाेल्दा पनि हामीसँग रिस त पक्कै पनि उठिहाल्छ ।  त्यसैले कहिल्यै नराम्रा र नमिठा  शब्दको प्रयोग गर्नुहुँदैन।
जिब्राकाे अर्काे काम स्वाद लिने पनि हाे । मिठाे खानेकुरा जिब्रालाई खुब मन पर्छ ।   हामीले जिब्राले माग्यो भन्दैमा धेरै र शरीरलाई नराम्रो गर्ने कुरा खानुहुँदैन । हामी स्वस्थ भयाैँ भने मात्र हाम्राे शरीर विचार पनि स्वस्थ हुन्छ । 
जिब्राे दाँतहरुको बिचमा सुरक्षित रहन्छ। जिब्रोबाट हामीले अरु पनि धेरै कुरा सिक्न सक्छौँ। जिब्रा सधै आफ्नो बसमा बसिरहेका हुन्छ र यसले आफ्नो सिमा बुझेको हुन्छ। हामी पनि आफ्नाे सीमा बुझेर अगाडि बढ्नुपर्छ ।  बेकाममा यताउता भाैँतारिनु हुँदैन र शान्त स्वभावको हुनु पर्छ।