Logo

Student Corner

अङ्ग्रेजी भाषाको महत्त्व

Written by: सञ्जय पुरी - 23058, Grade XI

Posted on: 25 February, 2022

अङ्ग्रेजी एक अन्तर्राष्ट्रिय भाषा हो । यो संसारभर बोलिन्छ । यो बेलायत, संयुक्त राज्य अमेरिका, क्यानडा र अस्ट्रेलियामा मातृभाषाका रूपमा बोलिन्छ तर यो संसारका धेरै देशहरूमा विदेशी भाषाका रूपमा सिकिन्छ । यो विभिन्न राष्ट्रियताका मानिसहरूबिच सञ्चारको साझा माध्यम हो । यसलाई विश्वका धेरै देशहरूमा आधिकारिक भाषाका रूपमा प्रयोग गरिन्छ । विश्वका आधाभन्दा बढी पुस्तक अङ्ग्रेजीमा लेखिएका छन् ।

यो प्रस्ट सत्यलाई बुझ्दै विश्वका प्रायः सबै देशले आफ्नो विद्यालय र कलेजका पाठ्यक्रममा अङ्ग्रेजी विषय समावेश गरेका छन् । अङ्ग्रेजीको राम्रो ज्ञान भएको व्यक्तिले स्वदेश तथा विदेशमा राम्रो जागिर पाउन सक्छ । उच्च शिक्षा प्राप्त गर्न चाहनेहरूका लागि अङ्ग्रेजी अनिवार्य छ । अङ्ग्रेजी राम्रो जान्ने व्यक्तिले विश्वव्यापी पहुँच पाउन सक्छ । अङ्ग्रेजी अन्तर्राष्ट्रिय सम्मेलन, कार्यशाला, सेमिनार र वार्ता कार्यक्रमहरूमा सञ्चारको माध्यम हो । यसले हाम्रो दिमागलाई फराकिलो बनाउँछ र हामीलाई सम्पूर्ण विश्व बुझ्न मद्दत गर्छ ।अङ्ग्रेजी भाषामा राम्रो पकड भएको मानिसलाई योग्य, समाजमा उच्च प्रतिष्ठा कमाएको व्यक्तिका रूपमा, उच्च सामाजिक हैसियत भएको व्यक्तिका रूपमा मान्यता दिइन्छ । धेरै अन्तर्राष्ट्रिय संस्थाहरूको भाषा अङ्ग्रेजी हो ।

अन्त्यमा, यो यस्ताे कुञ्जी हो जसले तपाईंलाई सामान्य संसारबाट बाहिर निकाल्छ र विज्ञान र प्रविधिको संसारमा प्रवेश गर्न दिन्छ । यो पासपोर्टजस्तै हो, जसले तपाईंलाई संसारभर यात्रा गर्ने अनुमति दिन्छ । यो त्यो झ्याल हो जसबाट सारा संसारलाई हेर्न सकिन्छ, त्यसैले मेरो विचारमा यसलाई देशभर व्यापक र अनिवार्य रूपमा पढाइनुपर्छ ।