Logo

Student Corner

मेरो देश  नेपाल

Written by: मान्सी सिंह - 27008, Grade VII

Posted on: 25 February, 2022

नेपाल सौन्दर्यको देश हो यँहा धेरैभन्दा धेरै राम्रा ठाउँहरू छन् । हाम्रो देशमा विभिन्न रमणीय ठाउँहरू, मन्दिरहरू छन् जस्तै, दक्षिणकाली,पशुपतिनाथ भैरव बटुकहरू आदि ।  जुन ठाउँहरू एकदमै सुन्दर छन् । स्वर्गजस्तै सुन्दर छ मेरो देश । नेपालमा पूर्व-पश्चिममा तराई ,पहाड र हिमालहरू  छन् । मातृभूमि आमा सामानकाे देशका लागि काम गर्ने व्यक्ति महान हुन्छन् ।

 

हामी नेपाली हौँ । नेपालीले   नेपालको इज्जत गर्नुपर्छ । हामी सबै मिलिजुली देश बनाउनुपर्छ । हामीले आफ्नो देशको इज्जत गर्न सिक्नुपर्छ । देश आफ्नो  जन्मदिने आमा  समान हुन्छ त्यसैले  आफ्नाे देशलाई आमालाईजस्तै माया गर्नुपर्छ । हाम्रो देशको सबैभन्दा राम्रो कुरा के हाे भने हामी हाम्रो देशमा विभिन्न जातिका भाषा, विभिन्न चाड पर्वहरू मनाउने मान्छेहरू एकै ठाउँमा बस्छौ त्यही पनि हामी सबै मिलेर बस्ने गर्छौ। त्यसैले हाम्राे देशलाई विविधतामा एकता बाेकेकाे देश भनेर पनि चिनिन्छ । 

  

हाम्राे देश नेपालमा करिब ६ हजार नदी नालाहरू छन् । कर्णाली, सप्तकोशी, बाग्मती नदीहरू नेपालका प्रख्यात नदिहरू हुन । यहाँ जङ्गल हुनाले फलफूल पनि प्रशस्त उत्पादन हुन्छ । यहाँको निकुञ्जमा बाघ, भालु, चितुवा, मैना, मयुर, डाँफे जस्ता पशुपंक्षीहरू पाइन्छन् । नेपाल बितेकाे इतिहासभन्दा अहिले धेरै विकशित छ र विकास हुने अवस्थामा छ । २२ औँ युगकाे संसारलाई चुनौति दिन सक्ने नेपालीहरू भइसकेका छन् । । हामी सारा देशबासी पनि हातेमालो गरेर अगाडि बढ्नुपर्छ ।