Logo

Student Corner

म प्रधानमन्त्री भएँ भने

Written by: Sunabi Pokhrel - 25018, Grade IX

Posted on: 25 February, 2022

यदि म यो देशको प्रधानमन्त्री भएँ भने सबैभन्दा पहिला शिक्षा क्षेत्रको सुधारमा लाग्थेँ । जबसम्म कुनै पनि देशका नागरिक शिक्षित हुँदैनन् तबसम्म त्यो देशका नागरिकमा चेतना छाउन सक्दैन । शिक्षित जनशक्ति नभएसम्म देशको विकास हुन सक्दैन भन्ने कुरा मेरो पहिलो प्राथामिकता हुन्थ्यो । त्यसैले शिक्षाको पहुँच दूर दराजमा रहेका दुर्गम जिल्लामासमेत पुर्‍याउँथे ।

त्यसैगरी मेरो दोस्रो प्राथामिकताको क्षेत्र भनेको स्वास्थ्य हुन्थ्यो । सबै मानिसहरूको स्वास्थ्य राम्रो नभएसम्म स्वस्थ जनशक्ति उत्पादन हुँदैन । अस्वस्थ मानिसले आफ्नो पारिवारको,समाजको र राष्ट्रको लागि समेत केही गर्न सक्दैन । मानिसको स्वास्थ्य स्वस्थ र मजबुत छ; भने मात्र त्यसले आफ्ना र अरूका लागि पनि केही गर्न सक्छ । मानिसको सम्पूर्ण जोस जाँगर भन्ने कुरा सबै स्वास्थ्यमा भर पर्छ । ग्रामीण इलाका तथा दुर्गम ठाउँमा अस्पताल तथा डाक्टरको अभावमा कैयौँ मानिसले दिनहुँ ज्यान गुमाइरहेका छन्। कैयौँ सुत्केरी महिला प्रसव पीडामा छटपटाउँदा, समयमै अस्पताल पुर्‍याउँन नसक्दा, आमा र बच्चा दुबैको ज्यान जाने गरेको छ । यसतर्फ मैले विशेष ध्यान दिन्थेँ । 

यदि म प्रधानमन्त्री भएँ भने शिक्षा र स्वास्थ्यपछि अर्को प्राथामिकताको क्षेत्र भनेको कृषि तथा सञ्चारको क्षेत्रमासमेत विशेष ध्यान दिन्थेँ ।यसैगरी कृषि तथा सञ्चार क्षेत्रलाई पनि थप बिस्तार गरी कृषकलाई कृषि अनुदान दिन्थेँ । कृषकका उत्पादित सामग्री सरकारले नै किनिदिने व्यवस्था गर्थेँ । जसबाट कृषकले आफ्नो उत्पादित सामग्रीको उचित मूल्य पाउँछन् भने जनताले पनि सुलभ मूल्यमा सामान खरिद गर्न सक्ने छन् यसबाट बिचौलियाको समेतअन्त्य हुने छ ।

सडक यातयात क्षेत्र पनि अर्को महत्वपूर्ण क्षेत्र हो । सडक यातायातको विकास गरी दुर्गम क्षेत्रमा विशेष गरी सडक सञ्जाल नजोडिएका जिल्लाहरू मेरो प्राथामिकतामा पर्थे । सडकको स्तर उन्नतिमा ध्यान दिन्थेँ। अर्को महत्त्वपूर्ण कुरा भनेको भ्रष्टाचार हो । यसलाई म जरैदेखि उखेलेर निमिट्यान्न पार्थेँ । भ्रष्टचारीलाई कडाभन्दा कडा कारबाही गर्थेँ । वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई रोकी स्वदेशमै रोजगारी सिर्जना गर्थेँ । उद्योग कलकारखानाको स्थापना गरी बेरोजगारीलाई रोजगार उपलबध गराउनु मेरो प्राथमिकताको क्षेत्र हुन्थ्यो ।

देशभित्र रहेका स्रोत र साधन परिचालन गरी देश विकाशमा लाग्ने मेरो सोच हुने छ । देशबाटै गरिबी निवारणका लागि के कस्ता काम गर्न सकिन्छ, भनी विज्ञको सुझाव लिएर त्यसै अनुसारको काम गरी समग्र देश र जनताकाे सेवामा लागि पर्थेँ ।