Logo

Student Corner

वि. सं. २०७२ को भूकम्प

Written by: Gaurishreya Shahi - 23055, Grade XI

Posted on: 24 February, 2022

नेपालमा वि. सं. २०७२ वैशाखमा गएको भूकम्पमा ८ हजारजनाको मृत्यु भएको थियो भने २१ हजारजना जति घाइते भएका थिए । त्यो भूकम्प ८.१ म्याग्निच्युडको थियाे, जुन २०७२ वैशाख १२ गते शनिबार दिउँसाे ११:५६ बजे गएको थियो । त्यसको केन्द्रविन्दु गोरखा जिल्लाको पूर्वमा रहेको बारपाक रहेको थियो । त्याे भूकम्प सन् १९३४ को नेपालबिहार भूकम्पपछिको नेपालको सबैभन्दा ठुलो प्राकृतिक प्रकोप थियो । नेपालको राजधानी काठमाडाैँमा जनघनत्व बढी भएका कारण क्षति बढी भयाे भने ग्रामीण क्षेत्रका धेरै मानिसहरू बाहिर काम गरिरहेको समय भएका कारण काठमाडाैँ उपत्यकाबाहिर सम्पत्ति र मानव जीवनको क्षति कम भयाे ।

भूकम्पले सगरमाथामा हिमपहिरो उत्पन्न गर्यो, जसमा २२ जनाको ज्यान गयो र वैशाख १२ गते शिखरमा सबैभन्दा खराब दिन बन्यो । लाङटाङ उपत्यकामा भूकम्पले अर्को ठुलो हिमपहिरो सृजना गरेको थियो र करिब २५० जना मानिसहरू बेपत्ता भएका थिए ।

लाखौँ नेपालीहरू आफ्नो घर छाेड्न बाध्य भए । देशभरका अधिकांश गाउँहरू धराशायी भए । वसन्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, चाँगु नारायण मन्दिर, बौद्धनाथ स्तूप र स्वयम्भूनाथ स्तूप काठमाडौँ उपत्यकामा भत्किएका शताब्दी पुराना संरचनाहरू थिए । भीमसेन स्तम्भ भनेर चिनिने नौतले धरहरा भत्कियो । 
दशकौँदेखि भूगर्भविद् र अन्य वैज्ञानिकहरूले नेपाल भूविज्ञान, सहरीकरण र निर्माणका कारण विनाशकारी भूकम्पको जोखिममा रहेको चेतावनी दिँदै आएका थिए ।