Logo

Student Corner

तिमी र म

Written by: Estella Shrestha - 24007, Grade X

Posted on: 24 February, 2022

कति प्रिय थिए ती दिनहरू
त्याे खुला आकाश र  वातावरण 
चिर्बिर चिर्बिर चराका मिठा धुन,
के भन्थे खै ? गर्थे गुन गुन,

तिमी र म 
सुनसान त्याे जूनेली रात
डराउँदा एकान्तमा समाई हात
ठेगान नभएकाे यात्री जस्तै,

हिँडिरहेकाे त्याे अन्जान बाटाे
तिमी र म हात समाएर
ओठमा हाँसाे 
मनमा अनेकाैँ प्रश्न
केही सङ्काेच केही प्रश्न,
केही डर केही रहर
डुबी रहेकाे छ याे मन
ती पुराना यादहरू सम्झेर
रमाइरहन्छ मेराे मन
खुसी छ मेराे मन ।