Logo

Student Corner

कृषक म

Written by: Sayam Adhikari - 27011, Grade VII

Posted on: 24 February, 2022

बिहान उठ्दा  घामको झुल्को लाग्छ है शिरैमा 

खोल्न नसक्ने आखा हो किन कपाल छ जिङ्ग्रिङ्ग

खानको लागि बाहिर काम कृषककाे  जीवन

दिनको रात रातको दिन काम छ नभन ।


 

तरकारी बेच्न लाग्छु बिहान काठमाडौँ सहर 

माटाेमा खेली साथी बनाउने याे मेराे रहर

पसिना चुहाई अबेर फर्की भान्छामा जान्छु म 

आफ्नै कर्मले उब्जेकाे फल स्वादले खान्छु म


 

गर्छु म काम बाहिर घाम घासपात उठाइ। 

पढ्ने इच्छा मारे नि छैन  बुवाको कमाइ 

माटाे नै मेराे जजिककाे साथी माटाेमै गर्छु काम

सन्ताेले जिउछु फाटेकाे सिउछु ठुलाे ठान्दिन दाम