Logo

Student Corner

वुडरो विल्सन

Written by: Aashrab Khanal - 22001, Grade XII

Posted on: 23 February, 2022

थोमस वुड्रो विल्सन एक अमेरिकी राजनीतिज्ञ र शिक्षाविद् थिए । उनको जन्म डिसेम्बर २८, १८५६ र मृत्यु ३ फेब्रुअरी, १९२४ मा भयो । वुड्रो विल्सनले सन् १९१३ देखि १९२१ सम्म संयुक्त राज्य अमेरिकाको २८ औं राष्ट्रपतिको रूपमा सेवा गरेका थिए र उनले डेमोक्रेटिक पार्टीका सदस्यका रूपमा काम गरे । विल्सनले प्रिन्सटन विश्वविद्यालयको अध्यक्षका रूपमा पनि सेवा गरे । उनका उपलब्धिहरूका कारणले उनलाई  उत्कृष्ट अमेरिकी राष्ट्रपतिहरूमध्ये एक मानिन्छ ।

वुड्रो विल्सन अमेरिकाकाे दक्षिणी क्षेत्रमा हुर्केका थिए । उनको जन्म अगस्ट, जर्जियामा, गृहयुद्ध र पुनर्निर्माणको समयमा भएको थियो । पिएचडी गरेपछि जोन्स हप्किन्स विश्वविद्यालयबाट राजनीति विज्ञानमा उनले काम गरे । विल्सनले प्रिन्सटन विश्वविद्यालयको अध्यक्ष र उच्च शिक्षामा प्रगतिवादको प्रवक्ता हुनुअघि विभिन्न कलेजहरूमा पढाए । उनले  १९११ देखि १९१३ सम्म न्यु जर्सीको गभर्नरका रूपमा काम गरे । त्यति बेलाको डेमोक्रेटिक पार्टीका चालकहरूसँग झगडा गरी धेरै प्रगतिशील सुधारहरू पारित गर्न विल्सन सफल भएका थिए । राष्ट्रपति पदको उम्मेदवारी जित्नका लागि उनले १९१२ लोकतान्त्रिक राष्ट्रिय सम्मेलनमा प्रगतिशील विचारधारा समाए । दक्षिणीहरूको समर्थनबाट उनले आफ्नो उद्देश्य परिचालन गरे । विल्सनले वर्तमान रिपब्लिकन विलियम होवर्ड टाफ्ट र तेस्रो पार्टी उम्मेदवार थियोडोर रुजवेल्टलाई सजिलैसँग सन् १९१२ को चुनावमा जिते । सन् १८४८ पछि राष्ट्रपतिको पदमा पुग्ने उनी पहिलो दक्षिणी अमेरिकी बने ।

राष्ट्रपतिका रूपमा उनका उपलब्धिहरूले उनलाई चर्चित बनाएका छन् । विल्सनले राष्ट्रका आर्थिक नीतिहरू परिवर्तन गरे र सन् १९१७ मा संयुक्त राज्य अमेरिकाको तर्फबाट प्रथम विश्वयुद्धमा नेतृत्व पनि गरे । उनी ‘लिग अफ नेसन्स्’ का प्रमुख वास्तुकार थिए । विदेश नीतिमा उनको प्रगतिशील अडानलाई विल्सोनियनवाद भनेर चिनिन्छ । राष्ट्रपतिका रूपमा आफ्नो पहिलो वर्षको बेलामा विल्सनले सङ्घीय नोकरशाहीभित्र पृथकीकरणको व्यापक अधिरोपणलाई अधिकार दिए । विल्सनले आफ्नो पहिलो कार्यकालमा  मुख्यतया उनको प्रगतिशील नयाँ स्वतन्त्रता घरेलु एजेन्डा पारित गरे । सन् १९१३ को राजस्व ऐनबाट उनले आधुनिक आयकर नीति सुरु गरे र फेडरल रिजर्व एक्ट पारित गर्न पनि वार्ता गरे, जसले फेडरल रिजर्भ प्रणाली सिर्जना गर्यो । त्यस्तै ‘फेडरल ट्रेड कमिसन ऐन’ र ‘क्लेटन एन्टिट्रस्ट ऐन’ बाट व्यापार प्रतिस्पर्धालाई बढावा दिन र चरम कर्पोरेट शक्तिसँग लड्न विल्सनको ठुलो हात थियो । सन् १९१४ मा प्रथम विश्वयुद्धको प्रकोपमा संयुक्त राज्य अमेरिकाले तटस्थताको घोषणा गर्‍यो र विल्सनले सहयोगी र केन्द्रीय शक्तिहरूबिच शान्ति वार्ता गर्ने प्रयास गरे । उनले सन् १९१६ को संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय चुनावमा फेरि जितेका थिए ।

अप्रिल १९१७ मा विल्सनले अमेरिकी व्यापारी जहाजहरू डुबाउने अप्रतिबन्धित पनडुब्बी युद्धको नीतिको प्रतिक्रियामा जर्मनी विरुद्ध युद्धको घोषणा गर्न काङ्ग्रेसलाई आग्रह गरे । विल्सनले युद्ध समय परिचालनको अध्यक्षता गरे र सैन्य मामिलाहरू जनरलहरूलाई छोडे । उनले कूटनीतिमा ध्यान केन्द्रित गरे र आफ्नो चौध बुँदे घाेषणा जारी गर्दै युद्धपछिको शान्तिको आधार स्वीकार गर्न भने । नोभेम्बर १९१८ मा मित्र राष्ट्रको विजयपछि विल्सन पेरिस गए, जहाँ  बेलायती र फ्रान्सेली नेताहरूले पेरिस शान्ति सम्मेलनमा प्रभुत्व जमाए । विल्सनले राष्ट्र सङ्घको स्थापनाका लागि सफलतापूर्वक वकालत गरे तर पेरिस वार्तामा कुनै पनि अग्रणी रिपब्लिकन ल्याउन अस्वीकार गरेका थिए । आखिरमा संयुक्त राज्य अमेरिका राष्ट्रहरूको लिगमा सामेल भएन ।

विल्सनले आफ्नो कार्यालयमा तेस्रो कार्यकाल खोज्ने मनसाय राखेका थिए तर अक्टोबर १९१९ मा भएको गम्भीर स्ट्रोकले  गर्दा उनी असक्षम भए । त्यसपछि उनले राजनीतिबाट सन्यास लिए । यद्यपि उनको उदारवादी अमेरिकी विदेश नीति आज पनि जीवित छ ।