Logo

Student Corner

जाँदै छु टाढा

Written by: Bipana Shrestha - 24002, Grade X

Posted on: 23 February, 2022

जाँदै छु म आज टाढा,
भविष्यका यादहरू बाेकेर,
खल्लाे र उदासी याे मन बाेकेर ,
झर्न थालेका आँसु लिएर ।

झाेलाभरि बाआमाका आशीर्वाद बाेकेर,
रहर भनाैँ कि बाध्यता खै,
दुःख र कष्टलाई साथमा लिएर
बाआमाकाे चाहना पूरा नगराैँ कसरी ?

बाका ती सबै आदर्श मेरै मनमा छन्,
आमाका ती स्नेह मेरै तनमा छन् ।
भुल्ने छैन मेराे मन 
झुल्ने छैन मेराे तन ।

सुन्दर भविष्यका सुनाैला सपना,
बनाउने छु म दृढताका साथ बिपना,
बाेकेर ती मिठा पलहरू ,
जाँदै छु म आज टाढा ।