Logo

Student Corner

दसैँ

Written by: Krishma Thapa - 27005, Grade VII

Posted on: 23 February, 2022

दसैँ  पर्व खुसी हुँदै रमाउँदै मनाउने
काेही हुँदैन दुखी महान पर्वमा
विदेशमा भएका घर परिवार 
सम्झँदै आँसुका धारा बगाउँदै ।१।

छाेरा छाेरी घरमा नहुँदा 
दसैँ  खल्लाेभयाे भन्दै रुन्छन् आमाबुबा
कसलाई चाहिँ दसैँ एक्लै मनाऊँ भन्ने हाेला
सबैलाई रमाइलाे गर्न मन लाग्छ ।२।

दसैँ सुरु भए देखि चाड नै चाड
आमाबुबा छाेरा छाेरी नहुँदा खल्लाे भयाे भन्ने
छाेरा छाेरी  आमाबुबालाई
भेट्न पाइने आशामा  सम्झिरहने ।३।

थाहा थिएन यी सबै कुरा
पछि थाहा पाउँदै गएँ
कति पीडा हाेला ती आमाबुबालाई
छाेरा छाेरीबाट टाढा हुँदा ।४।

तर पनि सबै दुख भुलेर रमाउँछन्
सबै कुरा साेचे जस्ताे हुँदैन
दुख र कष्टले भरिएकाे
याे जिन्दगीमा ।५।