Logo

Student Corner

पैसा

Written by: Kabin Rijal - 22010, Grade XII

Posted on: 22 February, 2022

म कलमलाई कदममा राख्ने कर्मदाता हुँ, 
अस्तित्वको पहिचान मबाट हुन्छ अर्थात् म पैसा हुँ, 
अतुलनीय शक्ति छ यो संसारमा मेरो
मानिसकाे खुसी, दुःख वा तनाव सबैको कारण म ।

बेग्लै छ, म सामु हुँदाको खुसी
मेराे अभाव भएको बेलाको दुःख 
कलियुगको कर्मको फल हुँ म,
मानिसको दिनरातको सपना अर्थात् पैसा हुँ म ।

परिवारको सम्बन्धमा चोट र मानिसको नियतमा खोट
सबै राम्रा वा नराम्रा क्रियाकलापको दुष्ट जरा हुँ म
कसैको सपनाको चाबी हुँ म 
कसैको कल्पनाको आधार हुँ म
चोटमा मलम लगाउने र शरीरमा चोट लाग्ने कारण हुँ म ।

धनी र गरिबबिचको अन्तर हुँ म
भगवान्‌लाई चढाउने घुस हुँ म
जीवनको सुरुवात र अन्त्य हुँ म
नियमलाई आफ्नै ढङ्गले परिवर्तन गर्ने सांसद हुँ म अर्थात् पैसा हुँ म ।