Logo

Student Corner

महाभारत

Written by: Shashwot Poudyal - 23039, Grade XI

Posted on: 22 February, 2022

लिपिएको छ भूमि रगतले
लडेका छौँ हामी रिसरागले
के दोष सारथी कृष्णको ?
बगाउँदा कर्णले धारा अश्रुको ।

के सम्मान गराैँ गुरुको ?
उनकै रगतले लत्पतिएको छु,
कस्तो भाइचारा हो यो हाम्रो ?
दासदासीको व्यवहार गर्न तत्पर ।
                                          
दोष देख्दिनँ कसैको यहाँ
नाफा भेट्दिनँ कसैको यहाँ
त्यो पासाको खेल बुझ्दिनँ यहाँ
बुझ्दिनँ धृतराष्ट्रकाे मौनता यहाँ ।

यो युद्धमा कता थियो न्याय ?
मारिएकै थिए अभिमन्यु र कर्ण यहाँ 
यो कस्तो वीरता हो महारथीको ?
मौनतामा बसी न्यायिक खेल पासाको ।