Logo

Student Corner

काेभिडले पारेको असर

Written by: Samip Aryal - 25014, Grade IX

Posted on: 22 February, 2022

कोभिड १९ म कक्षा ७ मा हुँदादेखि नै सुरु भएकाे थियो। मैले कक्षा ७ काे अन्तिम परीक्षा दिएपछि लकडाउन भयो । सबै विद्यालय र अन्य धेरै ठाउँहरू बन्द भए । म र मेरो परिवार धेरैजसो घरमै बस्यौँ र केही समयपछि अनलाइन कक्षा सुरु भयो । सुरुमा मलाई कोभिड-१९ बाट धेरै डर लाग्याे । सबैजना कोभिड १९ बाट मर्नेछन् भन्ने लाग्यो । अनलाइन कक्षाको केही समयपछि मेरो ठुलाे बाबालाई कोभिड भयो । त्यसैले उहाँ हामीबाट अलग्गै बस्नुभयो । उहाँ मेरो हजुरआमाको दिदीको घरमा बस्नु भयो । किनभने हजुरआमाको दिदी केही वर्षअघि अमेरिका जानुभएकाे थियो । सुरुमा त उहाँ मर्नु हाेला कि जस्ताे र डर लाग्यो । एक हप्ताको आइसोलेसनपछि उहाँलाई निकाे हुँदै गयाे ।
केही महिनाको अनलाइन कक्षाहरू पछि दशैँसम्म यो क्रम जारी रह्यो । लकडाउनको बीचमा खुल्यो र बन्द भयो र अन्ततः ६ महिना पछि स्कुल खुल्यो र मैले मेरा साथीहरूलाई फेरि भेट्न पाएँ। म तालाबन्दीबाट बोर भएको थिएँ । आठ कक्षामा हाम्रो पहिलो र दोस्रो परीक्षा अनलाइन थियो र हाम्रो अन्तिम परीक्षा भौतिक भयो । अर्काे वर्ष म आठ कक्षामा थिएँ । त्यसैले मलाई बिएलइको चिन्ता थियो । फेरि लकडाउन भयो र वर्ष बित्यो । मेरो बिएलइ परीक्षा पनि अनलाइन भयो । त्यसपछि म कक्षा ९ मा पुगेँ । अघिल्लो वर्ष जस्तै यो वर्ष पनि अनलाइन कक्षाबाट सुरु भयो । मेरी आमाको जेठी बहिनी, छोरा र छोरीको विवाह  थियो । छोराको बिहे हुँदै गर्दा मेरी आमा र बहिनीलाई कोभिड  भयो। त्यो समय हाम्रो लागि कठिन थियो । मेरो हजुरआमा र बुबाले धेरैजसो खाना पकाउनुहुन्थ्यो र मैले उनीहरूलाई सकेसम्म मद्दत गरेँ। त्यसबेला नेपालमा खोप आएको थिएन ।  बरु त्यसबेला आविष्कार नै भएको थिएन । दसैँसम्म अनलाइन कक्षा चल्यो र फेरि भौतिक भयो । गत वर्ष जस्तै खेलकुद सप्ताहबाट भौतिक कक्षा सुरु भएको हो । म त्यसबेला पोखरा गएकाले खेलकुद सप्ताहमा जान सकिनँ ।त्यसपछि एक दुई महिनासम्म भौतिक कक्षा सामान्य रूपमा चल्यो । त्यसपछि हामीले थाहा पायौँ कि हाम्रो पाठ्यक्रम पूरा नभएको कारणले दोस्रो चाैमासिक परीक्षा रद्द गरिएको थियो । बीचमा भौतिक कक्षाको केही समयपछि मैले पैदल यात्रा पनि गरेँ । मेरो भौतिक कक्षा राम्रो चलिरहेको थियो । त्यसपछि काेभिडकाे तेस्रो लहर सुरु भयो । कोभिडका सङ्क्रमितहरू बढ्न थाले । हाम्रो अनलाइन कक्षा सुरु भयो ।हामीले स्कुलबाट पहिलो डोज खोप लगायाैँ । त्यसपछि एक महिनाको अनलाइन कक्षापछि फेरि भौतिक कक्षा सुरु भयो ।