Logo

Student Corner

जिन्दगी बदलिएझैँ लाग्छ ।

Written by: Diya Shrestha - 22032, Grade XII

Posted on: 21 February, 2022

सबथोक भएर पनि नभएझैँ लाग्छ,
जिन्दगी चलचित्रको कथाझैँ लाग्छ ।

तिमीले जितेर मेरो हार भए पनि 
ममाथि अन्यायको प्रहार भएझैँ लाग्छ ।

यो दिलमा यादहरू यति धेरै छन् कि
दिल पनि यादहरूको डेरा भएझैँ लाग्छ ।

आफ्नो भन्नेले पनि ममाथि घात गर्दा
मलाई सम्हाल्ने आफ्नै परिवार मात्रै भएझैँ लाग्छ ।