Logo

Student Corner

नवदुर्गा

Written by: Joya Shrestha - 31010, Grade IX

Posted on: 21 February, 2022

तेह्र जना देवताहरूको एक गण हुन्छ । जसमा सेती भैरव, महाकाली, ब्रह्मायणी, गणेश, सिंहा, दुमा, भैरव वाराही, महादेव,  कुमारी, इन्द्रायणी, महेश्वरी र  वैष्णोदेवी  पर्छन् । यी देवगणहरू विभिन्न ठाउँमा गएर नाच प्रदर्शन गर्दछन् । मानिसहरू यी गणहरूलाई पूजा गर्छन् । यी देवगणको मन्दिर भक्तपुरमा छ । यी देवगणहरूको विभिन्न मुखाकृति हुन्छ। जसलाई मुखैडा भनिन्छ । यो मुखैडा घण्ड कर्णको दिन बनाउन सुरु गरिन्छ र नवमीको दिन बनाई सकिन्छ । यो मुखैडा भक्तपुरका चित्रकार जातका मानिसले बनाउँछन्। 
नवदुर्गा भगवान्हरू वर्षमा सात ठाउँमा नाच प्रदर्शन गर्न जान्छन् । ती ठाउँहरू हुन् : थिमी, जयबागेश्वरी, नाला, बनेपा, पनौती, धुलिखेल र चैखेल हुन् । यी ठाउँहरूमा गएर पूजा आजा गरेर जात्रा मनाइन्छ । अरू ठाउँमाभन्दा धुलिखेलमा यी गणहरूलाई भव्य स्वागत गरी जात्रा मनाइन्छ । यो जात्रा दुई दिनसम्म मनाइन्छ । जसमा सेती भैरवले दिनभर नाँच प्रदर्शन गर्छन् । सबै देवगणहरूको भिन्न भिन्न प्रकाका नाच प्रदर्शन गर्छन् । जुन नाच सेती भैरवको रूप लिएर देखाउँछन् । सेती भैरवले मान्छे समात्ने कोसिस गर्छन् । कुनै कुनै देवगणले रगत चुसेर बलि पनि लिने गर्छन् । नवदुर्गाको प्रसादको रूपमा धागोको माला हुन्छ । जसलाई पशुका भनिन्छ। पशुका माला सानो थोरै पैसा र माटोको धेरै पैसा लिन्छन् । यो माला दुई प्रकारको हुन्छ । विशेष गरी यो नवदुर्गाको जात्रा चाहिँ नेवारी समुदायले मनाउने गर्छन्। यसरी सबै ठाउँमा गएर नाच प्रदर्शन गरेपछि पुनः भक्तपुरको नवदुर्गा मन्दिरमा भित्र्याइन्छ । जात्रा मनाएर नाच प्रदर्शन गरिसकेपछि तेह्र ओटा नवदुर्गाका मुखैडालाई चितामा राखेर जलाइन्छ ।
हरेक वर्ष यसरी नै बनाउने र अन्त्यमा जलाउने परम्परा शताब्दी देखि नै चलि आएको छ । यो नेवारी समुदायको मौलिक परम्परा हो । यो परम्परालाई आउने पुस्ताले पनि निरन्तरता दिएर पछिसम्म जोगाई राख्नुपर्छ ।