Logo

Student Corner

डाँफे

Written by: Aaradhya Prasai - 28001, Grade VI

Posted on: 21 February, 2022

वातावरण वा भाैगाेलिक बनावटअनुसार संसारमा धेरै पशुपन्छीहरू पाइन्छन् । कुनै घस्रन्छन्, कुनै उड्छन् भने कुनै खुट्टाले हिड्छन् । पशुपन्छीकाे बासले यस धर्तीलाई शाेभायमान बनाएकाे छ भने उनीहरूका आवाजले सङ्गीतकाे आभास गराएकाे छ । तिनीहरूमध्ये डाँफे पनि एक सुन्दर चरा हाे ।

नेपालको राष्ट्रिय पन्छी डाँफे संसारको सबै मुलुकमा पाइन्न । नेपालको पनि सबै ठाउँमा पाइँदैन । यो विशेष गरेर हिमाली भेगमा पाइने पन्छी हो। धेरै लजालु र डरपोक पन्छी हो ।  डाँफे नेपालको बहुजाति, बहुभाषी, बहुसंस्कृति  आदि पक्षलाई समेटिएकाे बहुरङ भएको राष्ट्रिय पन्छी हो । सुन्दर पन्छी डाँफेको प्वाँख विभिन्न धार्मिक परम्परामा महत्त्वका साथ प्रयोग गरिन्छ । डाँफेका केही स्वभावहरू आफ्नै किसिमका छन् । डाँफेले अरू चराको जस्तो गुँड बनाउँदैन। यसले माटोमै अण्डा पार्छ र बच्चालाई काेरल्छ । यसले दुईदेखि तीन हप्तामा अण्डा दिन्छ ।  यो समुन्द्री सतहबाट ३,००० देखि ३,४०० मिटरको उचाइमा हिमालय पर्वतमा पाइन्छ । यो ओखलढुङ्गाको डेमवा, ताक्लुङ र सोलुखुम्बुको सगरमाथा राष्ट्रिय पार्कमा बढी पाइन्छ ।यो चरामा पानी हाल्यौँ भने यो नाच्न थाल्छ । यसले  लालिगुराँस भएको जङ्गलमा किरा फट्याङ्ग्रा बाँसको तामा  र कलिलो मुना खाना रुचाउँछ। 

डाँफे एक सुन्दर पन्छी हाे । यसले जाेसुकैकाे मनलाई पनि माेहित पारेकाे हुन्छ । यसकाे सुन्दर नृत्यले हामीलाई पनि सँगै नाचुँ नाँचु लाग्छ तर याे चरा अहिले लाेप हुने अवस्थामा पुगेकाे हुँदा यसकाे संरक्षण गर्नु हामी सबैकाे कर्तव्य हाे ।