Logo

Student Corner

अनुराधा कोइराला

Written by: Gaurishreya Shahi - 23055, Grade XI

Posted on: 18 February, 2022

अनुराधा कोइराला, जसलाई  मायाले दिज्जु (जेठी दिदी) भनिन्छ, उनको जन्म १४ अप्रिल १९४९ मा भएको थियो । उनका बुबाको नाम प्रताप गुरुङ र आमाको नाम लक्ष्मी गुरुङ हो । उनले भारतको कलिम्पोङको हिलस्टेसनमा पढेकी थिइन् । यही सेन्ट जोसेफ कन्भेन्ट स्कुलका आमा र दिदीबहिनीहरूले उनको सामाजिक कार्यप्रतिको सम्पर्णलाई अझ बढाए ।

मदर टेरेसा सधैँ उनको प्रेरणाको सबैभन्दा ठुलो स्रोतका रूपमा रहिन् । उनले काठमाडौँ वरपरका विभिन्न विद्यालयमा बालबालिकालाई पढाउन २० वर्षभन्दा बढी समय बिताइन् । यद्यपि यसले उनमा ठुलो सन्तुष्टि ल्याए पनि उनले महसुस गरिन् कि उनीसँग पूरा गर्न ठुलो व्यक्तिगत इच्छा छ । व्यावसायिक यौन शोषणका लागि नेपालभित्र र बाहिर बालबालिका, युवती र महिला बेचबिखन हुने गरेको छ । तसर्थ, सन् १९९३ मा उनले असह्य पीडा सहने बालबालिका र महिला दुवैका लागि सेवा प्रदान गर्ने उद्देश्यले माइती नेपालकाे स्थापना गरिन् ।

माइती नेपालको स्थापना गरेपछि उनी मानवताको सेवामा लागिन् । उनको पहिलो काम घर बनाउनु थियो, जसले गर्दा उनले अरू कतै काेही नभएका मानिसहरूलाई बास प्रदान गर्न सकुन् । अहिले माइती नेपालसँग तीन रोकथाम गृह, ११ ट्रान्जिट होम, २ धर्मशाला र एउटा औपचारिक विद्यालय छ । माइती नेपालबाट दैनिक एक हजारभन्दा बढी बालबालिकाहरूले प्रत्यक्ष्य सेवा लिइरहेका छन् । यो सबै उनको दृढ सङ्कल्प र अभूतपूर्व नेतृत्वले गर्दा सम्भव भएको हो ।

माइती नेपालले आज धेरै प्रकारका गतिविधिहरू सञ्चालन गर्दछ । सचेतना अभियान, सामुदायिक सचेतना कार्यक्रम, उद्दार कार्य, बेचबिखन नियन्त्रण, समस्यामा परेकालाई कानुनी सहयोग, महिला सशक्तीकरण कार्यक्रम, तालिम, एचआइभी सङ्क्रमित बालबालिका तथा महिलालाई एन्टी रेट्रो भिराल थेरापी (एआरटी) उपलब्ध गराउनेजस्ता गतिविधि माइती नेपालका नियमित गतिविधि हुन् ।

अनुराधा कोइरालाले बालबालिका तथा महिला अधिकारका लागि गरेको साहसी कार्य र उपलब्धिको कदर गर्दै हालसम्म ३८ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरूबाट सम्मानित भइसकेकी छिन् । केही राष्ट्रिय र अन्तरार्ष्ट्रिय पुरस्कारहरू निम्नलिखित छन्: प्रबल गोर्खा दक्षिण बहु पदक - नेपाल १९९९, त्रिशाक्तिपट्ट पुरस्कार २००२, वर्षको उत्कृष्ट सामाजिक कार्यकर्ता पुरस्कार - नेपाल १९९८, जर्मन युनिफेम पुरस्कार २००७, क्विन सोफिया सिल्भर मोडल अवार्ड २००७, करेज अफ कन्सिनेन्स आदि । उनको निरन्तर सङ्घर्षको कारणले नेपाल सरकारले अब सेप्टेम्बेर ५ लाई बेचबिखनविरुद्ध दिवसका रूपमा मान्यता दिएको छ । अनुराधा कोइरालालाई उनको योगदानको कदरस्वरूप महिला बालबालिका तथा समाज कल्याण राज्यमन्त्रीमा पनि नियुक्त गरिएको थियो ।

उनलाई बच्चाहरूसँग समय बिताउन मन पर्छ । उनी आत्मप्रेरित व्यक्ति हुन्, जसले सामूहिक वातावरणमा वा स्वतन्त्र रूपमा नेतृत्वदायी भूमिकाका साथ नयाँ र गतिशील चुनौतीहरूको स्वाद लिन्छिन् ।

सन् २०२० मा उनी सिएनएन हिरो घोषित भएकी थिइन् । यो मानव बेचबिखनको सामाजिक खराबीसँग लड्नु उनको सङ्घर्ष र करुणाको परिणाम थियो । सिएनएन नायकको रूपमा उनको जित राष्ट्रको लागि गौरव र सम्मान हो ।