पुतली
Written by:
Krizan Rajbhandari - 31011, Grade III
Posted on:
18 February, 2022
पख पख पुतली
हामीसँग आऊ
आज हामी दुई जना
सँगै घुम्न जाऊ ।
उडी तिमी हावामा
फुरुफुरु आऊ
म चाहिँ चाल्छु भुईंमा
टुकुटुकु पाउ
सँगसँगै खेलौँ हामी
सँगसँगै जाऔँ
हेरुँ हेरुँ लाग्याे मलाई
तिम्रो सुन्दर गाउँ