Logo

Student Corner

मन

Written by: Asim Paudel - 23013, Grade XI

Posted on: 17 February, 2022

सबैभन्दा सरल तर बुझ्न गाह्राे हुने मन
अर्थ थाहा भए पनि नबुझिने मन
कहिले एकातर्फ जाने यो मन
त कहिले अर्कैतर्फ जाने यो मन ।

कहिले दुविधामा पर्ने
त कहिले दुविधा हटाउने
थाहा भएर पनि बुझ्न नसकिने
एक विचित्र दुविधा हो यो मन ।

कहिले करुणाले नराम्रो पनि गर्छ,
कहिले गालीले सहयोग पनि गर्छ,
मनले यो बुझ्न सकिन्छ,
तर कसैलाई बुझाउन सकिन्न ।