Logo

Student Corner

खेलकुद

Written by: Remon Sangat - 25012, Grade IX

Posted on: 17 February, 2022

गत आइतबार वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टोली खेलको सातौँ मिनेटमा नै पछि परेको थियो । एलेक्सान्डर सोर्लोथले एलेक्सान्डर इसाकको सहयोगमा गोल गरेका थिए । खेलको ४८ औँ मिनेटमा एलेक्सान्डर इसाकले गोल गर्दै रियल सोसिडाडको अग्रता दोब्बर पारे । दुई गोलले पछि पारे पनि एट्लेटिकोले उत्कृष्ट प्रदर्शन गर्दै खेललाई बराबरीमा ल्याउन सफल भए । खेलको ६१ औँ मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्‌लेटिकोलाई खेलमा फर्कन सङ्केत गरे । जो आओ फेलिक्सको सहयोगमा गोल गर्न सफल भए । खेलको ७७ औँ मिनेटमा सुआरेजले पेनाल्टीमा गोल गर्दै २-२ को बराबरीमा ल्याए । अर्को खेलमा सोभियाले लेभान्टेलाई ५-३ ले पराजित गर्दै तेस्रो स्थानमा उक्लन सफल भयो । सेभियाको जितमा ओलिभर टोरेस राफा मिर डिएगो कार्लोस् मुनिर इल हाडारी र फर्नान्डोले गोल गरेका थिए । त्यस्तै मार्सेमा आइतबार राती भएको खेलमा खेलको  १४ औँ मिनेटमा लुआन पेरेसले गोल गरे । खेलको २० औँ मिनेटमा अर्काडि अस मिलिकले गोल गरे । ५७ औँ मिनेटमा १० खेलाडीमा सीमित हुन पुग्यो । सेन्गिज अन्डरले फल गर्न पुगेपछि रेफ्रीले अचरफ ड्राकिमीलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । इन्टर मिलान र युभेन्टस ले १- १ को बराबरी खेले । डेन्जेल इमफ्रेजले पेनाल्टी बक्समा एलेक्स सान्ट्रोलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीको भिएआरको सहायता लिँदै युभेन्टसलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा डिनानाले गोल गर्दै युभेन्टसलाई हारबाट जोगाए ।