Logo

Student Corner

हाेचाे

Written by: Dhendup Norphel Sherpa - 23020, Grade XI

Posted on: 16 February, 2022

मलाई हाेचाे भएकामा मजाक गर्न बन्द गर्नुहोस्,
मैले हाेचाे हुन चाहेको होइनँ,
म मेरा कारणले हाेचाे भएकाे हाेइनँ, 
म मेरा आमाबुबा 
वा पुर्खाका कारणले मात्र हाेचाे भएकाे हुँ ।

म किन हाेचाे हुन चाहन्छु ?
म हाेचाे हुनुमा के समस्या छ तपाईंहरूलाई ?
के यदि मैले चाहेको भए म अग्लो हुन सक्थेँ ?
त्यसो भए तपाईं किन मलाई हाेचाे भनेर खिल्ली उडाइरहनुहुन्छ ? 
हाेचाे हुनुमा के रमाइलो छ ?

यो हा हा हाे हाे गर्नु भनेकाे 
याे भन्नुजस्तै हो कि 
मराे खुट्टामा छाला, हड्डी र कोसिकाहरू 
तिम्रा खुट्टामाभन्दा कम छन्,
त्यसैले यो हास्यास्पद छ ।

के भनेँ मैले तपाईंलाई ? 
कहिल्यै भनेँ मैले “हा हा तपाईं अग्लो, तपाईं अग्लो गधा” भनेर ? 
त्यसैले “हाेचाे हुनु हास्यास्पद छ” भन्न रोक्नुहोस् ।