Logo

Student Corner

सपना

Written by: Manisha Gurung - 2022030, Grade XII

Posted on: 16 February, 2022

आज आफ्नै सपनादेखि डर लागिरहेछ, 
आज आफ्नै इच्छाका कारण मन पाेलिरहेछ,
धत् ! सपना सजाउनु गल्ती भयाे, 
आज त्यही सपनाले मन पाेलिरहेछ ।

किन राखेछु यति धेरै कहिल्यै पुरा नहुने चाहनारू ? 
आज आफैँदेखि अति रिस उठिरहेछ,
भन्नलाई त देखिँदैन घाउ
तर त्यही सपनाले मन, मस्तिष्कमा कुटिरहेछ ।

सपना देख्नुपर्छ भन्नेकाे लहैलहैमा लागेर देखेँ, 
तर आज आफैँलाई “ठुलाे गल्ती गरेछु” लागिरहेछ, 
आज आफ्नै सपनादेखि डर लागिरहेछ, 
आज आफ्नै इच्छाका कारण मन पाेलिरहेछ । 

“अन्धकार औँसीको रातलाई पन्छाउँदै
उज्यालोको सपना नदेख्नुपर्ने” लागिरहेछ,
कर्मको खेल भनौँ या आत्मबलको कमी भनौँ, 
तर आज आफ्नै सपनादेखि मन भागिरहेछ ।

बिर्सन नसकिने सपनाकाे पछि लागेर 
आज त्यही सपनामा जलिरहेछु
सपनाको सपना सजाउँदा सजाउँदै 
आज त्यही सपना पुरा गर्न मरिरहेछु ।

अब ती चाहना, इच्छा र साेखलाई बिर्सन मिल्छ भने 
पुनर्जन्म लिन मन छ,
ताकि फेरि बिर्सेर पनि 
सपना सजाउनु नपराेस्, 
ताकि फेरि बिर्सेर पनि 
सपनामा मन लगाउनु नपराेस् ।