Logo

Student Corner

गएकाे दसैँँ

Written by: Prakarsha Tabdar - 25010, Grade IX

Posted on: 16 February, 2022

गएको वर्ष दसैँ मनाउन पाउँदा हामी निकै खुसी भएका थियौँ। दसैँ भन्ने बित्तिकै सबै को मनमा हर्ष  र खुसीयाली छाउँछ । मेरो मनमा पनि हर्ष र खुसीयाली छाएको थियो । असोज २० गते घटस्थापनाकोदिन देखि नै विद्यालयले हामीलाई बिदा दिएको थियो । अघिल्लो वर्षको कोरोना महामारीमा विद्यालय पनि अनलाइनबाट चलेको थियो तर यसपटक भने दसैँ अघि नै विद्यालय खुलेको हुनाले दसैँ बिदा भन्ने सुन्नासाथ आनन्द आएको थियो । दसैँ अघि नै विद्यालयमा डियरवाक पोएट्री नाइटर डियरवाक डिबेट नाइट जस्ता रमाइला कार्यक्रम पनि भएका थिए। करिब एक वर्ष पछि भौतिक रूपमा भएका कार्यक्रम निकै रमाइला भएका थिए।
हुनत दसैँ कहिले पो नरमाइलो हुन्छ र ? दसैँ जहिले पनि रमाइलो नै हुन्छ । यसपटकको विशेष लाग्नुको कारण गतवर्षभन्दा फरक थियो । त्यसैले अलि बढी नै खुसी हामीमा छाएको थियो । अघिल्ला वर्षहरूमा जस्तै यसपटक पनि मैले चङ्गा उडाएँ । घरमा टीका जमरा लगाएपछि आफन्तका घर गएर पनि टीका जमरा लगाएँ । अर्को रमाइलो कुरा भनेको टीका जमरा त लगाइन्छ, नै त्यससँगै पैसा पनि पाइन्छ। हाम्रा लागि यो पनि खुसीको कुरा नै हो । हुनत नयाँ लुगा लगाउन नपाइएको होइन तर, दसैँमा नयाँ लुगा किन्ने र लगाउने भन्ने जुन चलन छ त्यो पनि हाम्रो मनमा बसेको हुन्छ । त्यसैले पनि दसैँ रमाइलो लाग्छ । धेरै समय भेट नभएका टाढा टाढाका आफन्त दाजुभाइ पनि दसैको निहुँमा भेट्न पाइन्छ । पढाइको पनि बोझ नहुने फुर्सदिलो समय हुने भएकाले नरमाउने मानिस पनि सायदै कमै हुन्छन् होला । मेरो यो अनुभव धेरे जसोसँग मिल्छ होला । यसपाली दसैमा म पिङ पनि खेलेँ । निकै आनन्द आयो । यसै समयमा धेरै टाढा घुम्न जाने योजना त थिएन । समय पनि त्यति अनुकूल थिएन । कोभिडको जोखिम कायमै थियो । केही खुसीका बिच पनि डर भने कायम नै थियो । धेरै भिडभाड नगर्न भनेर समाचार र पत्रपत्रिकामा समाचार आइरहेको सुनिन्थ्यो । यसैले पनि धेरै भिडभाड त गरिएन नगरे पनि रमाइलो भने भयो । दसैँमा केही गृहकार्य र किताब पढ्ने काम पनि गर्न थियो । तर त्यतातिर खासै ध्यान गएन । आफ्नो काम नगरी त सुख थिएन । समय भएसम्म रमाइलो गर्न मन लाग्थ्यो।
समग्रमा यसपालीको दसैँ परिवार र आफन्तका साथमा रमाइलो गरी मनाइयो । अब आउने दसैँ पनि योभन्दा बढी रमाइलो गरी मनाउन पाइयोस् भन्ने कामना छ । कोरोना हराएर जाओस् टाढा टाढा घुम्न जान पाइयोस् । आफन्त तथा साथीहरूलाई पनि भेट्न पाइयोस् । अब आउने सबै दसैँ तिहार जस्ता रमाइला र ठुला चाडपर्व खुसीले मनाउन पाइयोस् ।