Logo

Student Corner

वातावरण प्रदूषण

Written by: Sauharda Bajracharya - 26010, Grade VIII

Posted on: 16 February, 2022

हामी मानिस प्रकृतिका सन्तान  हाैँ । प्रकृति र वातावरण  नभईहामी बाँच्न सक्दैनाैँ । प्राणी र वनस्पति दुवै वातावरणमा निर्भर रहन्छन् । हामी सबैले सुन्दर वातावरण चाहन्छाैँ  र त्यही  सुन्दर वातावरणमा हामी सबै काम गर्छाैँ ,तर अहिले प्रकृति विनास हुँदै छ जसकाे कारक तत्त्व हामी मानिस नै हाैँ ।


जीवन सरल बनाउन मानिसले उद्याेगधन्दा स्थापना गर्छ र कलकारखाना चलाउँछ । यसले हाम्रो वातावरणमा रहेको हावा, पानी र जमिन प्रदूषित बनाउँछ । यसै गरी ठुलो आवाज निकाल्ने  यन्त्र ,यातायात र सञ्चारका साधनहरू  सञ्चालनले ध्वनि प्रदूषण गराउँछ । यस्तै कृषि कार्यमा विषादी प्रयोग गर्नाले खानेकुरामा अखाद्य रसायन मिसिन्छ । रासायनिक मलको अधिक र अव्यवस्थित प्रयोगले प्राङ्गारिक उत्पादनमा कमी आउँछ । यी सबैले वातावरण प्रतिकूल बनाउँछन् र हाम्रो वातावरणलाई प्रदूषित बनाउँछन् । हावा दूषित भयो भने विभिन्न रोग निम्तिन्छन्, पानी दूषित भयो भनी विभिन्न रोगहरू  निम्तिन्छन् र जमिन प्रदूषित भयो भने उब्जनी घट्छ । हामी आफ्नो सुविधाका लागि प्राकृतिक स्रोतको उपयोग गर्छौँ तर  हामीले त्यही प्रकृति र वातावरणलाई सफा राख्न सक्देनौँ ।

हाम्रो वातावरण प्रदूषित भयो भने हामीले धेरै परिणामहरू भोग्नुपर्छ । वातावरण प्रदूषित भयो भने वन्यजन्तुहरू  र वनस्पतिहरूले अशुद्ध हावा, पानी, खाना खान्छन् । यसरी वन्यजन्तु र वनस्पतिको जीवन खतरामा पर्छ । उद्याेगबाट निस्कने धुवाँ र विषालु ग्याँसले वातावरणमा हानिकारक ग्याँसको वृद्धि भएको छ । सूर्यबाट आउने हानिकारक किरण रोक्ने वातावरणको ओजोन तह पातलिँदै छ । परिणामस्वरुप वनस्पति र जीव लोप हुने, प्राकृतिक विपत्ति आउने, अम्ल वर्षा हुने क्रम बढ्छ ।

हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण आधार भनेकाे स्वच्छ वातावरण नै हाे । सिर्जनाका उपज हामी सबै प्रकृतिका पनि प्रिय छाैँ ।  हामीले विकास गर्छाैँ तर  विकासका नाममा विनाश गर्नुहुँदैन । प्रकृति वातावरणलाई सन्तुलनमा राखेर मात्र काम गर्नुपर्छ ।