Logo

Student Corner

अनलाइन कक्षा धेरै भाे

Written by: Shashwat Poudel - 33036, Grade I

Posted on: 16 February, 2022

कापी किताब बोकेर 
पानीको बोतल च्यापेर 
म त स्कुल जाने हो 
अनलाइन कक्षा धेरै भो । 
पहेँलो बस चढेर 
साथीसँग मिलेर 
चाँडै स्कुल जाने हो 
अनलाइन कक्षा धेरै भो ।
स्कुल मै गएर पढ्ने मन छ 
साथीसँग मिलेर खेल्नु छ
सबैले भनेको मान्ने हो 
अनलाइन कक्षा धेरै भो ।