Logo

Student Corner

आमा र छोरा

Written by: Ansel Dhungana - 22018, Grade XII

Posted on: 15 February, 2022

उसलाई घुम्न मन पर्थ्यो,
ऊ बेला बेला जान्थ्यो,
घुम्थ्याे अनि घर फर्किन्थ्याे,
उसकी आमा भन्थिन्, “बाबु नघुम,
बाहिर नजाऊ, 
बाहिर खतरा छ,
खतरासँग नखेल ।”
तर उसले टेरेन, 
अझै गइरह्यो,
एक दिन धेरै रात पर्यो,
ऊ घर फर्केन,
उसकी आमा चिन्तित भइन्,
रुन थालिन्,
“बाबु ! तिमी कता छौ ?
खै मेरो बाबु !
घर फर्क ।”
धेरै रात पर्यो,
आमा खोज्न गइन्,
उनले कराइन्,
“बाबु कता छौ ?
कहाँ गयौ ? 
के भयो तिमीलाई ?
घर फर्क ।”
आमा जङ्गल गइन्, 
खोजिन्, 
तर भेटिनन्,
दुःखको साथ रुँदै फर्किन्,
घरमा छोरो रहेछ ,
छोरो घाइते थियो,
आमाले सोधिन्,
“बाबु के भयो ?”
छोरोले भन्यो,
“आमा हजुरले भन्नुभएको ठिक रहेछ,
मैले त
हजुरले मलाई केही गर्न नदिएको,
मलाई मेरो रुचिको कुरा गर्न नदिएको,
मेरो खुसी नचाहेको मात्र बुझेँ,
मैले हजुरको माया बुझिनँ,
हजुरकाे माया मैले देखिनँ,
त्यो माया मैले महसुस गरिनँ, 
क्षमा गर्नुहोस् मलाई, आमा !”