Logo

Student Corner

वैदेशिक रोजगारी

Written by: Anushka Basket - 24001, Grade X

Posted on: 15 February, 2022

कुनै श्रमिक वा कामदारले विदेशमा गएर प्राप्त गर्ने रोजगारी वैदेशिक वैदेशिक रोजगारी हो । विश्वमा काम गर्नको लागि देशबाहिर जाने प्रचलन पहिलेदेखि चलिआएको भए तापनि केही दशक यता संसारभर नै वैदेशिक रोजगारीमा जाने प्रचलन निकै बढेको छ । नेपालमा वैदेशिक रोजगारी अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको छ । आय आर्जनका लागि आफ्नो देशभन्दा बाहिर गएर शारीरिक अथवा मानसिक श्रम गर्ने रोजगारी हो । विश्व बजारमा वैदेशिक रोजगारीका लागि विभिन्न देशका जनशक्तिहरू खपत हुने गर्दछन् । वर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजागारले धानिरहेको अवस्था छ । नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यकता अनुरूपका युवा जनशक्तिहरूलाई सीमित समयका लागि आधिकारिक तवरले पठाउँदै आएको छ । नेपाली युवा श्रमिक कामदारहरूको रोजगारीको आकर्षक गन्तब्यको रूपमा रहेका मुलुकहरूमा मलेसिया , दुबई , साउदी अरब , कुबेत, बहराइन आदि मुलुकहरू रहेका छन् । अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायतका मुलुकहरूमा पनि बहुसङ्ख्यक नेपाली कामदारहरू वैदेशिक रोजगारका लागि पुगेका छन् । 
गाउँमा भएका युवा जनशक्ति स्वदेशमा रोजगारको सम्भावना देख्दादेख्दै पनि सरकारले उचित वातावरण सृजना गर्न नसक्दा दिनानुदिन विदेशमा पैसा फल्ने बोटको सपना देखेर जानी–नजानी, साथीभाइहरू को लहैलहैमा वैदेशिक रोजगारीका लागि गएको देखिन्छ । तर यिनै गन्तब्य मुलुकहरूमा आप्रवासी कामदारहरूको सुरक्षा र अधिकारको स्थिति भने अत्यन्तै कमजोर रहेको छ । ग्रामीण भेगका युवाहरू अशिक्षित हुने भएकाले विदेशमा जाँदा ठगिने समस्या बढी मात्रामा रहेको छ । त्यसमा पनि नेपाली कामदारहरू  अदक्ष वा अर्धदक्ष हुनुले पनि उनीहरूको सुरक्षा चुनौती अझ थपिएको छ । अर्कोतिर, विदेश गएपछि कमाएको रकम कसरी सुरक्षित राख्ने, आफू कसरी सुरक्षित बस्ने, यदि समस्यामा परेमा कसरी बच्ने, कसलाई भन्ने आदि कुराहरूमा पनि प्रस्ट धेरै कामदार नहुँदा समस्या झेल्नु परेको छ । त्यस्तै रोजगारीमा जाने देशको कानुन, ट्राफिक नियम, धर्म–संस्कृति व्यवहार, हावापानी, कामदारका आचरण, गर्न हुने वा नहुने कुराहरू , ठगीमा पर्ने कारणहरू , उजुरी गर्ने निकाय, सुरक्षित तरिकाले घरमा पैसा पठाउँदा बैंक तथा वित्तीय संस्थाहरूको प्रयोगलगायतका बारेमा बुझ्नैपर्ने हुन्छ । तर, यी कुराहरूको जानकारीको अभावमा ग्रामीण क्षेत्रका सोझासाझा जनताहरू  वैदेशिक रोजगारको क्रममा विभिन्न कागजपत्रहरू  मिलाउँदा नै बिचौलियाहरूको फन्दामा परेका छन् ।
नेपालमा रोजगारीको अभावमा यसरी कैयौँ युवाहरू विदेशिएका छन् । यस्तो रोजगारीले नेपालीहरूको दैनिकी पनि फेरिएको छ । तर, विदेश जानुपूर्व सम्पूर्ण कुरा राम्ररी बुझ्नुपर्छ । आफू जाने देश र कम्पनी त्यहाँको कानुन करार अवधि आदि कुरा राम्ररी बुझ्नुपर्छ। व्यक्ति आफै सचेत भएमा वैदेशिक रोजगारीमा हुने धेरै जोखिम  कम हुन्छ ।