Logo

Student Corner

शनिबार

Written by: Riwaan Shakya - 33018, Grade I

Posted on: 15 February, 2022

शनिबार शुक्रबारपछि आउने दिन हो । शुक्रबार आएपछि मलाई रमाइलो लाग्छ किनकि भोलिपल्ट त शनिबार हो भनेर मन खुसी हुन्छ । शनिबारको दिन मेरो स्कुल बिदा हुन्छ । शनिबार म नुहाउँछु, नुहाएपछि म मज्जाले घाम ताप्छु । घाममा बसेर सुन्तला खान्छु । कुनै शनिवार म मेरी दिदीलाई घरमा बोलाउँछु । हामी दुवैजना मिलेर खेल्छौँ  र रमाइलो गर्छाैँ । कुनै शनिबार म बाबा ममीसँग घुम्न पनि जान्छु । शनिबारको दिन मलाई धेरै मज्जा हुन्छ ।