Logo

Student Corner

सरस्वतीको महिमा

Written by: Deepti Neupane - 23019, Grade XI

Posted on: 14 February, 2022

शिरमा मुकुट, हातमा विणाधारी 
सबजनको हित गर्ने उपकारी 
अज्ञानीलाई दिएकी छ्‌यौ ज्ञान
तिम्रै हातमा छन् चार वेद पुराण ।

हाँसमाथि विराजमान भएकी 
सबैको मनमा राज गर्न सफल रहेकी 
कमलको फूलमाथि आसन भएकी 
अन्धकारलाई हटाउन सफल रहेकी 
सरस्वती माता, विणापुस्तकधारिणी ।