Logo

Student Corner

मनकामना र चितवन राष्ट्रिय निकुञ्ज भ्रमण

Written by: Kavya Satyal - 30042, Grade IV

Posted on: 14 February, 2022

गएकाे जाडाे बिदामा हामी सपरिवार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका थियाैँ । बिहान सबेरै उठेर हामी काठमाडाैँबाट हिड्याैँ । बाटाेमा कुरिनटार भन्ने ठाउँमा हाम्राे गाडी राेकियाे । हामी मनकामना दर्शन गर्नका लागि केबुलकारकाे लाईनमा बस्याैँ । केबुलकार चढ्दा मलाई अलिअलि डर लागे पनि निकै रमाइलाे अनुभव भयाे । केबुलकारबाट झरिसकेपछि केहीबेर हिँडेर मनकामनाकाे मन्दिरमा पुग्याैँ र पूजा गर्याैँ । मनकामना मन्दिरमा मगर पूजारी हुँदा रहेछन् । अरू मन्दिरमा ब्राह्मण पुजारी देखिराखेकाेमा मलाई याे अचम्म लाग्याे । किन यस्ताे रहेछ भनेर जान्ने इच्छा हुँदाहुदै पनि हामीले कसलाई साेध्ने भन्ने थाहा नपाएर यत्तिकै फर्कियाैँ । त्यहीँ मन्दिर नजिकैकाे हाेटलमा खाना खाएर हामी केबुलकारबाटै तल ओर्लियाैँ । केबुलकारबाट त्रिशुली नदी ठुलाे देखिने रहेछ। यहाँबाट मानिसहरूले ऱ्याफ्टिङ गरेकाे पनि देखिँदाे रहेछ । 
त्यसपछि हामी चितवन साैराहातिर लाग्याैँ । जाँदा बाटाेमा त्रिशुली नदीलाई दाहिने पारेर जानुपर्ने रहेछ र याे नदी चितवन सम्म नै पुग्दाे रहेछ । पछि याे नदी नारायणी नदीमा मिसिँदाे रहेछ । हामी चितवन पुग्दा करिब ४ बजिसकेकाे थियाे । हाेटलमा झाेला राखेर खाजा खायाैँ अनि हामी रिभरसाइड (खाेलाकाे तिर )हेर्न लाग्याैँ । रापती नदीकाे किनारमा सानासाना घडियाल पनि देख्याैँ । समयमै हाेटलमा फर्केर खाना खाएर सुत्याैँ । भाेलिपल्ट बिहानै हाेटलमा हामीलाई गाडी लिन आयाे । हामी तयार भएर बसेका थियाैँ ,निकुञ्ज घुम्न जाने भनेर । निकुञ्जभित्र भने हामी हात्तीमाथि चढेर जङ्गल सफारी गर्याैँ । त्यहाँ वरिपरि एक सिँगे गैँडा देख्न पाइने रहेछ । गैँडा एक दुर्लभ जनावर रहेछ । मानिसहरूले यसकाे खागका लागि चाेरीसिकारी गरेर यसकाे सङ्ख्या घट्दाे अवस्थामा रहेछ । यसकाे संरक्षणकाे खाचाे रहेकाे कुरा त्यहाँ सबैले कुरा गर्दा मैले पनि सुनेँ । त्यस क्षेत्रमा अन्य जनावरहरू जस्तै मृग, हरिण, विभिन्न किसिमका पन्छीहरू पनि देखियाे । हामीलाई माउतेले बाघ पनि देखिन सक्छ भनेका थिए तर देख्न चाहीँ पाइएन । बँदेल भने हामीले देख्न पायाैँ । यसकाे पनि बाहिर निस्किएकाे दाह्रा हुँदाे रहेछ । हामी त्यहाँबाट फर्किएपछि सङ्ग्राहलय हेर्न गयाैँ । सङ्ग्राहलयमा पशुपन्छीका हाड,छाला, हात्तीका सुँड,गैँडाका खाग आदि राखिएकाे रहेछ । यसरी मेराे भ्रमण रमाइलाे भयाे ।