Logo

Student Corner

विद्याको महत्व

Written by: Ojaswini Lama - 29019, Grade V

Posted on: 11 February, 2022

विद्याको महत्वको बारेमा जति कुरा गरेपनि कम हुन्छ। विद्याले मान्छेलाई शिक्षित र ज्ञानी बनाउँछ। विद्याको महत्व बारे सबैले बुझ्नु पर्दछ। यसले हामीलाइ ठिक र बेठिक छुट्याउन मदत गर्दछ। शिक्षित मानिसहरु निकै ज्ञानी र बुझकारी हुन्छन्। हामीले पनि विद्याको महत्व बुझेर अशिक्षितलाई शिक्षित बनाउन पहल गर्नु पर्दछ।  देशका लागि पनि शिक्षित मानिस गहना हुन्। उनीहरुले देशको विकास गर्न निकै ठुलो भूमिका खेल्दछन् ।  अशिक्षित मान्छेले शिक्षितहरूले जस्तै कुरा बुझ्न गाह्राे हुन्छ । उनीहरूसँग  धेरै ज्ञान हुँदैन जसले गर्दा उनीहरुलाई ठिक बेठिक छुट्उन गाह्राे हुन्छ । अनि  उनीहरुले देश विकास गर्न पनि ठुलो भूमिका खेल्दैनन्। त्यसैले हामीले विद्याको महत्व बुझेर सबैलाई शिक्षित हुने मौका दिनु पर्दछ। यसका लागि सरकारले पनि साना साना बच्चाहरुलाई शिक्षाबाट वञ्चित हुनबाट जाेगाउनु पर्दछ । सानाठुला सबै मान्छेलाई  विद्याको महत्व बारे ज्ञान दिनु पर्दछ। यसो गरे हाम्रो देश पनि संसारका ठुला र विकसित देश जस्तैः अमेरिका, अष्ट्रेलिया, फ्रान्स, जापान, आदि जस्तै विकसित हुन सक्छ। विद्याले मान्छेलाई अनुशासित र शान्त बनाउँछ। उनीहरू चाहिने ठाउँमा लागेर अघि बढ्छन् र सफलता पनि हासिल गर्दछन्। त्यसैले विद्याको महत्व बुझेर सबैलाई शिक्षित बनाउने कोसिस गर्नुपर्दछ।