Logo

Student Corner

जनकपुरकाे यात्रा

Written by: Shreyasa Dangol - 30032, Grade IV

Posted on: 11 February, 2022

मिति २०७८ माघकाे २२ गते शनिबारका दिन हामी ३ दिनका लागि जनकपुर गएका थियाैँ । त्यहाँ हामी मेराे साथीकाे मामाकाे बिहेमा गएका थियाैँ  मेराे साथीकाे मामाकाे घरमा धेरै पाहुना आएकाले हामी हाेटलमा बस्याैँ । 
जनकपुरमा पहिलाे पटक गएकाे हुनाले हामी त्यहाँका विभिन्न ठाउँहरू घुम्न गयाैँ । हामीहरू जानकी मन्दिर, बिवाहमण्डप, राममन्दिर,धनुषाधाम र जलेश्वर मन्दिर घुम्याैँ । धनुषा जिल्लमा रहेकाे जानकी मन्दिरकाे धार्मिक महत्त्व रहेकाे छ । विषेश गरी जनककी छाेरी सीताकाे जन्म भएकाे र भगवान रामसँग बिवाह भएकाे प्रसङ्ग रामायणमा छ । त्यही धार्मिक महत्त्वका कारणले जनकपुर धाम प्रसिद्ध रहेकाे छ । याे कुरा मलाई मेरा अभिभावकले बताउनुभयाे । याे सबै सुनेर र यस्ताे महत्त्व बाेकेकाे ठाउँमा घुम्न पाउँदा म दङ्ग परेकी थिएँ । 
त्यहाँ आइतबार हामी मामाकाे बिहेकाे जन्तीमा सामेल भयाैँ  । त्यस बिहेमा म दुलाहा बसेकाे रथमा बसेकी थिएँ  ।रथलाई दुईवटा  घाेडाले तानेका थिए ।   रथमा पहिलाे पटक बसेकाे भएर पनि हाेला म निकै रमाएकी थिएँ । हामी बिहे सकिए पछि साेमबार नै काठमाडाैँ फर्कियाैँ ।