Logo

Student Corner

कलम

Written by: Sambhabi Mainali - 31037, Grade III

Posted on: 11 February, 2022

हेर्दाखेरि सानो 
काम तर ठुलो 
यसैलाई समाई
लेख्छु म रमाई रमाई ।
कलम मेरो साथी 
पढ्न लेख्ने साथी  
कलमकाे नै छ भर                               
यसले सहयोग गर्छ हेर ।
लेखेर राम्रा कुरा
ज्ञान गुन सिकाउँछ ।
सधैँ साथ भए
राम्राे बाटाे देखाउँछ ।
किताबको साथी 
मेरो पनि साथी 
साथी साथी मिलेर 
जानुपर्छ माथि ।