Logo

Student Corner

नहुने हाे र ?

Written by: Manisha Gurung - 22030, Grade XII

Posted on: 10 February, 2022

बाटाे फरक गन्तव्य एउटै, के सँगै हिँड्न नहुने हाे र ?
मन एउटै, चाह एउटै, के नाम नि जाेड्न नहुने हाे र ? 
तिमीले वास्ता नगरे नि के सपना सजाउनै नहुने हाे र ?
मान्छे उस्तै, रगत एउटै, के थर नि बनाउन नहुने हाे र ?

त्यति टाढा भयाैँ अब के तिम्राे हात नि समाउनै नहुने हाे र ?
छाेडेर गए नि के सँगैकाे आभाष मनाउन नहुने हाे र ?
साथबाट निकालिदियाै, अब एक्लै संसार बनाउन नहुने हाे र ? 
छाेडेर त तिमीले गयाै, के अब म एक्लै रमाउन नहुने हाे र ?

विचार फरक, स्वभाव फरक, के अब बाेल्नै नहुने हाे र ?
तिमीलाई मन नपर्दैमा मेराे मन डुलाउनै नहुने हाे र ? 
जीवनभरकाे साथ छुटे नि एक छिन भेट्न नहुने हाे र ?
तिमी हुन्नाै थाहा छ, के एक्लै जीवन देख्न नहुने हाे र ?