Logo

Student Corner

के शिक्षा निः शुल्क प्रदान गर्नुपर्छ ?

Written by: Kriti Nepal - 24010, Grade X

Posted on: 10 February, 2022

व्यक्तिलाई शैक्षिक, सामाजिक, र राजनीतिक पेसामा बाँच्नको लागि शिक्षा एकदम महत्त्वपूर्ण हुन्छ । हाल शिक्षा आर्जन गर्न विश्वव्यापी रूपमा पैसा चाहिन्छ । याे पैसा नहुनेहरूका लागि अति चुनौतीको विषय हो । विश्वमा गरिबी वा भोकमरी जस्ता समस्याहरूका कारण धेरै मानिसलाई पढ्न गाह्रो भइरहेको छ । आजको समाजमा शिक्षाले हाम्रो संसारको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । आजकाल विद्यार्थीहरूले अध्ययन गर्न  पैसाकै आवश्यकता पर्छ। हरेक विद्यार्थीसँग पैसा खर्च गरेर पढ्ने क्षमता हुदैन । हरेक विद्यार्थी र अभिभावकलाई आफूले चाहेको विद्यालयमा प्रवेश गर्न र अध्ययनलाई निरन्तरता दिन आर्थिक अवस्था राम्राे हुनुपर्छ । तर सबैको आर्थिक अवस्था एकै किसिमको नहुने हुँदा शिक्षा सबैका लागि समान कहीँ पनि छैन ।
नेपालमा पनि बेलबेलामाम शिक्षामा समानता हुनुपर्छ र शिक्षा निःशुल्क हुनुपर्छ भन्ने कुरा उठ्छ । तर यो कुरा अहिलेसम्म लागु हुन सकेके छैन । नेपालका सरकारी विद्यालयमा शिक्षा निःशुल्क भए पनि गुणस्तरीयता छैन भन्ने कुरा बेला बेलामा हामीले सुन्दै आइरहेका छौँ । आखिर गुणस्तरीय शिक्षा निजी विद्यालयमा मात्र भएका कारण धेरै अभिभावक आफ्नो शक्तिले भ्याए पनि नभ्याए पनि जबरजस्ती शुल्क तिरेर निजी विद्यालयमा आफ्ना छोराछोरीलाई पढाउन बाध्य छन्। यदि सरकारी विद्यालयमा आफूले चाहे जस्तो शिक्षा पाएको भए कुनै पनि अभिभावक निजी विद्यालय पठाउँदनथे होलान् । आफूले शुल्क तिर्न नसक्ने अभिभावक नचाहे पनि सरकारी विद्यालयमा पढाउन बाध्य छन् । यदि शिक्षा निःशुल्क हुने हो भने शिक्षामा समानता हुने थियो । सबै बालबालिकाले समान शिक्षा पाउने थिए । शिक्षा भनेको सबैका लागि आवश्यक छ भन्ने कुरा बुझेर हरेक देशमा राज्यले शिक्षा निःशुल्क गर्नुपर्छ।
नि:शुल्क शिक्षाले विद्यार्थीहरूलाई राम्रो गर्न प्रोत्साहित गर्छ । समाज पनि विकास हुन्छ। विद्यार्थीहरूलाई आफ्नो अध्ययन जारी राख्ने अवसर प्रदान गरी समाजले नतिजा सुधार गर्न ऊर्जा प्रदान गर्छ । कहिलेकाहीँ नि:शुल्क शिक्षाले विद्यार्थीहरूमा उल्टो नतिजा ल्याउन सक्छ । सबै कुरा सजिलो भएकाले विद्यार्थीहरूलाई आफ्नो विद्यालय र पढाइप्रति उनीहरू बेवास्ता गर्न पनि सक्छन् । नि:शुल्क शिक्षाले शिक्षाको गुणस्तर पनि खस्किन सक्छ ।  सरकारबाट प्राप्त हुने रकममा मात्र भर पर्ने भएकाले विद्यालय अगाडि बढ्न र प्रगति गर्छ भन्ने कुरा नहुन पनि सक्छ।