Logo

Student Corner

दरबार हत्याकाण्ड

Written by: Sauharda Bajracharya - 26010, Grade VIII

Posted on: 10 February, 2022

वि.सं २०५८ साल जेठ १९ गते  नारायणहिटी दरबारमा भोज भइरहेको बेलामा युवराज दीपेन्द्रले आफ्ना परिवारलाई मारेको भनेर भनिन्छ । कोही मान्छेले युवराजले मारेका हुन् भन्छन् भने कसैले युवराजको मास्क लगाएका मान्छेहरूले मारेका भन्छन् । यो हत्या काण्डमा राजा वीरेन्द्र वीर विक्रम शाह, रानी ऐश्वर्य राज्य लक्ष्मी देवी शाह, यसै गरी युवराजले आफ्नो भाइ निराजन वीर विक्रम शाह र आफ्नी बहिनी श्रुती राज्य लक्ष्मी देवी शाह लगायत अरू ५ जनाको हत्या गरे । आफ्नो परिवारको हत्या गरेपछि उनले आफूलाई गोली हाने र उनी ३ दिनसम्म बेहोस थिए । ती तीन दिनसम्म दीपेन्द्र राजा भए । त्यसपछि राजा दीपेन्द्रको पनि देहान्त भयो । यसपछि वीरेन्द्रका भाइ, ज्ञानेन्द्र शाह राजा भए ।

नेपालको राज परिवारलाई कसले हत्या गर्‍याे भनेर धेरै सिद्धान्तहरू छन् । धेरै सिद्धान्तहरूमध्ये तीन प्रसिद्ध सिद्धान्तहरू यी हुन् । पहिलो सिद्धान्तका अनुसार, युवराज दीपेन्द्र भारतकी राजकुमारी देवयानी राणासँग बिहे गर्न चाहन्थे तर देवयानी र दीपेन्द्र उस्तै वर्गका नहुनाले उनीहरूको बिहे हुन पाएन । यस कुराबाट दीपेन्द्र रिसाए र उनले आफ्नो परिवारको हत्या गरे । अर्को सिद्धान्तको अनुसार, दीपेन्द्र र देवयानीको बिहे नहोस भनेर भारतबाट पठाएका सेनाले मारेकाे प्रमाणित गर्छन् । अन्तिम सिद्धान्त अनुसार, यो सब ज्ञानेन्द्रले गरेका हुन् । हत्याकाण्डको  बेला ज्ञानेन्द्र पोखरामा थिए तर उनका परिवार दरबारमा नै थिए । यो हत्याकाण्डमा ज्ञानेन्द्रको परिवारका न त कोहीको हत्या भयो न त कसैलाई गम्भीर चोट लाग्यो ।  

हत्याकाण्डका बारेमा भएका  धेरै कुराहरू अझै पनि सुल्झेका छैनन् । दीपेन्द्र दाहिने हात भए पनि उनले आफूलाई टाउकोमा देब्रे हातले गोली हाने । अहिलेसम्म हत्या काण्ड कसले गरेका भनेर ठोस जवाफ आउन सकेकाे छैन त्यसैले याे हत्यामा ठुलाबडा मानिसकाे हात भएकाे कुरा पुष्टि हुन्छ  ।