Logo

Student Corner

वाष्प इन्जिन कथा समीक्षा

Written by: Aarjan Khadka - 29003, Grade V

Posted on: 10 February, 2022

परिचय:
वाष्प इन्जिन कथासङ्ग्रहको लेखक प्रा. डा. तारानिधि भट्टराई हुन् । यो कथासङ्ग्रहका चित्रकार प्रज्वल थापा मगर हुन् । 'वाष्प इन्जिन्' शिखा बुक्स बाट प्रकाशन गरिएको हो । यो कथासङ्ग्रहमा ६ वटा कथाहरु छन् ।जसमध्ये वाष्प इन्जिन कथा पहिलाे कथा हाे र याे कथासङ्ग्रहकाे नाम यही कथाका नामबाट राखिएकाे छ ।

पात्रहरू
वाष्प इन्जिन कथाका मुख्य पात्रहरू  राहुल, राहुलकी आमा र निनाम हुन् ।यस कथामा सबै असल पात्रहरू छन् । खराब पात्रहरू यस कथामा छैनन् । 
कथावस्तु: 
एकदिन आमाले राहुललाई उसिनेको आलु हिटरमाथि कराईमै राख्दिनु भएको थियो र भोक लागेको बेला बिजुलीमा ठिक १५ मिनेट  राखेर स्विच अन गर्नु भन्नु भएको थियो । आलु तताउँदा बिर्को हल्लिन थाल्यो र राहुल डरायो । उसले निनामलाई सोध्यो र  उसले मुसा पसेको हुनुपर्छ भन्यो । मुसालाई लठ्ठिले हिर्काएर मार्नु पर्छ भन्यो तर लठ्ठी थिएन र लौकाले हान्ने विचार गरे । स्विच अफ गरेर राहुलले बिर्को खोल्यो र निनामले कराईमा लौकाले हान्यो तर आलु बाहेक कराईमा केही थिएन । बिर्को कसरी उचालिँदै थेचारिँदै भयो भनेर उनीहरु छक्क परे । त्यसपछी उनीहरु बैठक कोठामा बसेर आलु खान थाले । आलुको बोक्रा छरप्रस्ट कसरी भयो भनेर निनामले सोध्यो र राहुलले पङ्खाको हावाले उडाएको हो र हामीले नुनलाई हत्केलामा राखेर फु गरेजस्तै हो भन्यो । निनामले बिर्को पनि हावाले उडाएको हुनुपर्छ भन्यो र उनीहरुले फेरी आलु उसिनेर हेर्ने भए । बिर्को उचालिँदै र थेचारिँदै गर्न थाल्यो र खोलेर हेर्दा बाफले त्यसो गरेको भनेर थाहा पाएँ । आमा घर आउनु भएपछी उनीहरुले बाफले बिर्को उचालेको र थेचारेको कुरा बताए । आमाले बाफबाट चल्ने मेसिन 'स्टिम इन्जिन' (वाष्प इन्जिन)को बारेमा बताउनुभयो । डिजेल र बिजुलीको आविष्कार हुनुअघि पानीजहाज, रेल आदि 'स्टिम इन्जिन' बाट चलाइन्थे भनेर आमाले भन्नुभयो । त्यसपछी आमाले दुवैजनालाई बैठक कोठामा चिया ल्याइदिनु भयो र उनीहरुले बाँकी आलु पनि स्वाद मानीमानी खाए ।
परिवेश
वाष्प इन्जिन कथाकाे परिवेश राहुल र निनामकाे गाउँ,उनीहरूकाे घर, विद्यालय, राहुलकी आमा मेला गएकाे ठाउँ र राहुलकाे भान्साकाेठा अनि बैठक काेठा हुन् 
निष्कर्ष
वाष्प इन्जिन कथाले हामीजस्ता कहिल्यै भान्सामा काम नगरेका बालबालिकालाईपहिलाे पटक कुनै नयाँ कुराले सिकाउने नयाँ ज्ञानका बारेमा जानकारी दिएकाे छ ।  कुनै पनि काम पहिलाे पटक गर्दा त्यसले हाम्राे मनमा धेरैवटा प्रश्न जन्माउँछ र त्यसकाे समाधानका लागि अभिप्रेरित गर्दछ भन्ने किसिमकाे ज्ञान दिन्छ ।  नयाँ शब्दभण्डार सिक्ने अनि कथा पढ्दा अब के हाेला भन्ने काैतुहलता जगाउँदै रमाइलाेसँग कथावस्तु अघि बढेकाले सबैलाईएक पटक याे कथा पढ्न सबैलाई सिफारिस गर्दछु ।