Logo

Student Corner

चरा

Written by: Aaryan Regmi - 30037, Grade IV

Posted on: 10 February, 2022

चरा यस धर्तीका सुन्दर प्राणी हाे। चराहरू कुनै साना,कुनै मझाैला र कुनै ठुला किसिमका हुन्छन् अनि फरकफरक रङका पनि हुन्छन् । संसारमा धेरै किसकमका चराहरू मध्ये अष्ट्रच सबैभन्दा ठुलाे चरा हाे । याे उड्न सक्दैन । हाम्राे देशकाे राष्ट्रिय चराकाे नाम डाँफे हाे । चराहरू प्रायः ससाना कीराफट्याङ्ग्रा खाएर बाँच्ने गर्छन् । चिल,गिद्ध जस्ता चराहरूले ससाना चराहरू अनि मरेर कुहिएका जनावरका मासु पनि खान्छन् । चराहरू पनि ठाउँअनुसार फरक फरक हुन्छन् । हिमाली भेगमा वा चिसाे ठाउँमा पाइने चरा र गर्मी ठाउँमा पाइने चराहरू फरक फरक हुन्छन् । कतिपय चराहरूकाे बासस्थान नमिलेका कारणले लाेप हुने अवस्थामा पुगेका छन् । 
कतिपय चराहरू मानिसहरू जस्तै बाेल्न सक्ने पनि हुन्छन् । सुगा,मैनालाई त्यसै कारणले मानिसहरूले पिँजडामा राखेर घरमा पनि पालेका हुन्छन् । खुला आकाशमा उड्ने पन्छीलाई सुनकै पिँजडामा राखे पनि त्याे खुसी हुन कदापी सक्दैन । 
लाेप हुन लागेका चराचुरूङ्गीकाे वासस्थानकाे संरक्षण गर्न सके तिनीहरू लाेप हुनबाट जाेगिएर याे सुन्दर संसारलाई अझ सुन्दर बनाउने थिए ।