Logo

Student Corner

सकिनँ मैले

Written by: Binaya Rijal - 22020, Grade XII

Posted on: 09 February, 2022

बगलमै थियौ र पनि बोल्न सकिनँ मैले ।
यो मनका कुराहरू खोल्न सकिनँ मैले ।

परीजस्तै सुन्दर थियौ, हेरिरहूँ लाग्ने,
सोन्दर्यको तिम्रो मोल मोल्न सकिनँ मैले ।

यात्रा एउटै हुँदा पनि मेरो अनि तिम्रो, 
मनको तलाउमा प्रेम घोल्न सकिनँ मैले ।

गाडी रोकियो यात्रा टुङ्गियो, मन भारी भयो, 
काँधमा सुतेर धन्यवाद ओकल्न सकिनँ मैले ।