Written by: Sarjan Waiba Tamang - 24009, Grade IX
Posted on: 09 February, 2022
म आकाशमा उड्ने पक्षी हुँ,
पिन्जडामा बस्ने कैदी होइन,
जीवनको यात्रा समयसँगै बढछ
समयसँगै ढल्न सिक्नु पर्दछ।
मेराे जीवन त्रासले भरिएको थिएन,
बस् समयको प्रवाहसँगै हिँडिएन,
संसार क्रुर र स्वार्थी रैछ,
संसाार पनि अन्त्यमा त नासिनेछ,
अन्त्यमा सबै नष्ट हुनेनै छ
विधिको विधान कसैले बुझ्न सकेन ।
जीवन श्रापकाे होइन बरदानकाे हो,
तिमी एउटा उद्देश्यका लागि छौ,
असल जिन्दगी पाउन गारो छ,
बाचुञ्जेल सबैलाई भाैतिक शरीर प्याराे छ।
समस्या र पश्चातापलाई केही क्षणका लागि भुल्नुहोस्,
खुशी र हर्षले भरिएको जीवनलाई खुलेर जिउनुहोस्,
यो संसारको नियम बुझ्ने प्रयास गर्नुहाेस्,
संसारकाे क्रुरताले जीवनको अन्त्य कसरी गर्छ हेर्नुहाेस्।
आखिरमा यो संसारबाट हराउनु नै पर्छ
यो संसारमा केही पनि काेही पनिअमर छैन,
मृत्युलाई साहसपूर्वक स्वीकार गर्नु
मृत्यु अन्त्य होइन,
जीवनको नयाँ सुरुवात हो।
हामी सम्झनामा रहनेछौँ,
शरीर मरेर कोही मर्दैन,
आत्मा जीवित नै हुने छ,
त्यसैले यस्तो जीवन जिउनुहोस्,
जहाँ सबैले हजुरकाे कर्मलाई याद गरिरहून् ।
जहाँ सबैले हजुरकाे कर्मलाई याद गरिरहून् ।।