Written by: Sayuri Shrestha - 28017, Grade VI
Posted on: 09 February, 2022
उदाउँछु म पूर्व दिशा हुन्छ शुभप्रभात
म उदाउँदा भाग्छ जुन र रात
मैले ज्योति छर्दा खुल्छन् सूर्यमुखी फूलका पात
म उदाउँछु र हुन्छ एक शुभदिनको सुरुवात ।
म बनाउँछु धर्तीलाई न्यानो ,बनाउँछु रुख हराभरा
मेरो कारणले हिमालको शिरमा झलमल
मेरो कारणले रमाउँछ सबै जीवकाे जीवन
शिशिर याममा म आउँदा सबकाे खुसी मन ।
म हुँ सूर्य उज्यालो दिने मेरो काम
सफल हुनलाई गर्नुपर्छ असल काम
मेरो शक्तिमा अटाउन सक्छ प्रकृतिको काम
सर्धैंभरि उज्यालो र न्यानोपन दिने मेरो काम