Logo

Student Corner

विद्यालयकाे महत्त्व

Written by: Manasbhi Niroula - 29015, Grade V

Posted on: 09 February, 2022

विद्यालय भनेकाे बालबालिकालाईदिइने ज्ञानकाे राम्राे आधार हाे । यसले बालबालिकालाई ज्ञान पाउने अवसर दिन्छ । बालबालिकाले विद्यालयका माध्ययमबाट धेरै कुरा सिक्ने अवसर दिन्छ । विद्यालयकाे कारणले हामीहरूले धेरै बालबालिकासँग घुलमिल हुने अवसर पनि दिन्छ । विद्यालयका कारणले विद्यार्थीहररूले राम्रा बानीव्यवहार सिक्छन् र राम्राे जागिर पाउने अवसर पनि पाउँछन् ।विद्यालयले हामीलाईअरूकाे इज्जत र सम्मान गर्न सिकाउँछ ।यसका माध्यमले हामी असल नागरिक बन्न सक्छाैँ । हामी फरकफरक भाषा सिकाउने विद्यालयले जमिनदेखि आकाश अनि अन्तरिक्षकाे बारेमा समेत जानकारी दिन्छ । नयाँनयाँ किताब पढ्न सिकाउँछ । स्वस्थ जीवन, खानपानका बारेका विद्यालयले नै सिकाउँछ । श्रम गर्न र सीप सिक्न प्रेरणा दिने, समयकाे महत्व बुझेर आफ्नाे लक्ष्य प्राप्त गराउन विद्यालयले नै सिकाउने हुनाले यसकाे निकै महत्व रहेकाे छ ।
जीवन र जगत बुझ्न र बुझाउनका लागि सधैँ अग्रणी भूमिका खेल्ने विद्यालय र यससँग जाेडिएका हरेक पक्षकाे निकै ठुलाे महत्त्व रहेकाे छ ।