Logo

Student Corner

काेराेना भाइरस

Written by: Sabhya Marasini Pradhan - 30039, Grade IV

Posted on: 09 February, 2022

कोरोना भाइरसको कहर आएपछि हाम्रो विद्यालयले समयभन्दा अगाडि नै परीक्षा लिएर छुट्टी दियो । कोरोना भाइरसको कारणले गर्दा सबैजना धेरै डराइरहेका थियौँ । खेल्नको लागि धेरै टाढा जानु त पर्दैन थियो, तर कसैसँग भेट हुन्छ भनेर आमाहरूले भित्रै मात्र खेल्न दिनुहुन्थ्यो । धेरै जसो समय हामी माक्स लगाएर बस्थ्यौँ । अनि केही सामान छोएपछि हामी स्यानिटाइजरको प्रयोग गर्ने गर्थ्यौँ । मामाघरमा मेरो धेरै समय घरभित्रै दादा र दिदीसँग खेलेर बित्ने गर्थ्यो । कहिलेकाहीँ हामी माक्स लगाएर साइकलमा घरको नजिकै नजिकै घुम्न पनि जाने गर्थ्यौँ ।  लकडाउनको एक महिना पछि हाम्रो अनलाईन कक्षा सुरू भयो ।  
सुरूसुरूमा त अलि अनौठो  लाग्थ्यो । कम्प्युटरको अगाडि बसेर पढ्नु असहज लाग्थ्याे,तर पछि बानी पर्दै गयो । आजकल त स्कुलमा गएर कहिले पढ्न पाउने होला जस्तै लाग्छ । हाम्रो कक्षा ३ को पढाइ पुरा वर्ष घरबाटै पढेर नै बित्यो । अब त कोरोना भाइरसको भ्याक्सिन  पनि आइसकेको छ । सायद अब कक्षा ४ बाट चाहिँ  स्कुल  गएर पढ्न पाइन्छ होला । घरमै बसेर पढ्दा स्कुलमा साथीहरूसँग खेलेको, कक्षामा बसेर पढेको धेरै याद आउने रहेछ।कक्षा ४ मा पुगेपछि त विद्यालय गएर नै पढ्न पाइएला भनेकाे काेराेनाका नयाँनयाँ प्रजाति आएर फेरि पनि त्रासमा नै बाँचिरहनु परेकाे छ । अब त देशका धेरैजसाे मानिसहरूले काेराेना बिरुद्धकाे खाेप लगाएका छन् अब केही सहज स्थिति हुन्छ भन्ने आशा छ ।