Logo

Student Corner

श्रीपञ्चमी

Written by: Sambhavya Pandey - 30027, Grade IV

Posted on: 07 February, 2022

श्रीपञ्चमी  यो वर्ष यहीँ आउदो माघ २३ गते आइतबार परेको छ । प्रायः जसो श्रीपञ्चमी माघ महिनामा पर्छ ।प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन सरस्वती पूजा मनाइन्छ । यो दिन लाई वसन्त पञ्चमी पनि भनिन्छ ।
यो दिन लाई हामी सरस्वती पूजा पनि भन्छौ । यश दिन हामी विद्यार्थीहरुले  सरस्वती माता लाई पूजा गर्छौँ । सरस्वती माताले हामीलाई विद्या, ज्ञान , बुद्धि ,सङ्गीत र सिर्जना  प्रदान गर्नुहुन्छ । सरस्वती मातालाई सेतो फुल मन पर्छ । माताले एक हातमा विणा र अर्को हातमा पुस्तक लिनुभएको हुन्छ । यो दिन विद्यालय नपठाइएका  साना साना बालबालिकाहरूलाई  स्कुल पठाएर अक्षरारम्भ गराउने चलन छ । यसै दिन साना बच्चाहरुको  कान र नाक पनि छेडिन्छ ।
चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । यो दिन सरस्वती मातालाई  विद्यार्थीले मात्र होईन कलाकार , साहित्यकार  पत्रकार  शिक्षक ले पनि  आआफ्नो  कला साधनलाई  पूजा  गर्छन् कलम ,किताब कापी  आदिको पूजा गर्नु पर्छ।