Logo

Student Corner

माछा पालन

Written by: Diya Shrestha - 22032, Grade XII

Posted on: 04 February, 2022

नेपाल एउटा कृषि प्रधान मुलुक हो l त्यसैले यहाँ कृषिसम्बन्धी अनेक प्रकारकf व्यवसायहरू गरिँदै आएका छन् l त्यस्ता कृषि व्यवसायमध्ये माछा पालन पनि एक महत्त्वापूर्ण  व्यवसायका रूपमा विकसित हुँदै आएको छ l विभिन्न प्रकारका उन्नत जातका माछाहरूको उचित पालनलाई माछा पालन भन्न सकिन्छ l

माछा पालनाका लागि ज्ञानका साथै उचित वातावरणको पनि आवश्कता पर्दछ l राम्रो हावापानी, जलस्राेतको उचित व्यवस्था, मलिलो माटो भएको उपयुक्त जग्गाको छनोट गरी आधुनिक तरिकाले पोखरीको निर्माण गरेर उन्नत जातका माछाहरू पाल्न सकेमा माछा पालन व्यवसाय सफल हुन सक्छ र यसबाट प्रशस्त फाइदा लिन पनि सकिन्छ l माछामा मानिसको शरीरलाई अत्यावश्क पर्ने प्रोटिन पाइने भएकाले थोरै खर्च एवम् जग्गामा धेरै आम्दानी हुने हुँदा आज माछा पालन व्यवसाय लोकप्रिय बन्दै गइरहेको छ l    

नेपाल एउटा कृषि प्रधान देश भएकाले यहाँको अर्थतन्त्र पनि कृषिमै आधारित छ l माछा पालन व्यवसाय पनि कृषिसँग सम्बन्धित एउटा अभिन्न अङ्ग हो । नेपालको अथाह एवम् अपार जल सम्पदाको सदुपयोग गर्न माछा पालन व्यवसायमा बढी जोड दिनुपर्ने देखिन्छ । यसबाट आवश्यक मात्रामा प्रोटिन तत्त्व प्राप्त हुनुका साथै देशका धेरैजसो गरिब किसानहरूको जीवनस्तर उठाउन सहयोग पुग्दछ ।

कृषिका विभिन्न निकायसँग समन्वयात्मक रूपमा सम्बन्ध कायम गरी माछा पालन व्यवसाय गर्दा प्रतिएकाइ क्षेत्रफलमा धेरै आर्थिक लाभ हुने हुनाले यस व्यवसायको महत्त्व बढिरहेको छ । साना किसानको गरिबी हटाउन पनि याे व्यवसायले निकै महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । नेपालमा माछा पालन व्यवसायको सम्भावना प्रशस्त रहेकाले सम्बन्धित निकायले यसको प्रवर्धनमा ध्यान दिन सके व्यक्तिको मात्र नभएर देशकै आर्थिक वृद्धिमा  टेवा पुग्ने कुरामा दुई मत हुन सक्दैन।