Logo

Student Corner

पृथ्वीको एकता

Written by: Anushree Acharya - 28002, Grade VI

Posted on: 04 February, 2022

फुलबारी भयो साझा जात भाषा बराबर 
टुक्रे राज्य सबै जोडी बनाए देश सुन्दर 
चौबिसे बाइसे राज्य जोडी नेपाल एक भो 
एकताको लिई भाव एक्लै आर्जेर देश यो

युद्ध गरे कयौँ चोटी घाउ चोट सबै भुली
एक लक्ष्य लिई  देश निर्माणमा सधैँ झुली
नेपाल नामको शान विश्वमाझ परिचित
अदम्य साहसीपूर्ण बाँच्ने कला असीमित

अग्लो हिमाल झैँ टल्क्योस् पृथ्वी देश चम्कियोस्
एकताको दियो बाल्दा आभा सर्वत्र फैलियोस्
घुसखोरी हटुन् टाढा भागुन् वैरी सबै गण 
हित मात्रै सधैँ सोची पारे सर्वत्र उज्ज्वल

पृथ्वीको वीरता अग्लो देख्दा पहाड झुक्दछ
देख्दा राष्ट्रपिता हाम्रा शत्रु शिर लुकाउँछ
कायर भो हुनै हुन्न प्रेरणा होस् सधैँभरी 
एकता र वीरताले झक्झक्याओस् घरीघरी  

कीर्तिपुर नुवाकोट भक्तपुर सबै जिती
नेपालका गढी किल्ला एक भै गाभिए कति
मिहिनेत गरी धेरै स्वर्ग जस्तो भयो धरा 
बाल युवा सबै वृद्ध मिली पारौँ हराभरा ।