Logo

Student Corner

खानाको महत्त्व

Written by: Angel Dhimal - 25015, Grade IX

Posted on: 04 February, 2022

प्रतीक सहरिया परिवेशमा हुर्केको सम्पन्न परिवारको बाबुआमाको एक्लो छोरा थियो । घरकाे काममा पनि खासै ध्यान दिदैँनथ्यो । जनतन सबै साथीजस्तै विद्यालय जान्थ्यो । विद्यालयमा गएपछि उसको ध्यान पढ्नभन्दा खाने कुरामा हुन्थ्यो । सबै मानिसमा केही राम्रा र केही नराम्रा बानी भए जस्तै प्रतीककाे पनि एउटा नराम्रो बानी थियो । ऊ सधैँ खाना खेर फाल्ने गर्दथ्यो । घरमा बनाएको खानेकुराको सट्टा जङ्क फुड र स्ट्रीट फुडजस्ता अस्वस्थकर खानेकुरामा बढी ध्यान दिन्थ्याे । आमाले सधैँ उसलाई घरको खाजा बनाइदिनुहुन्थ्यो तर ऊ स्कुलको क्यान्टिनबाट खाजा खान चाहन्थ्याे । घरबाट आमाले पठाएको टिफिन फाल्ने गर्थ्याे ।  घरकाे टिफिन फाल्ने र जङ्क फुड खाने उनको दैनिकी नै थियो । घरको खानाकाे महत्त्व उसलाई थाह नै थिएन । आफ्नाे घरमा अन्न प्रशस्त हुन्थ्याे । घरमा धेरै खाने कुरा हुन्थे । आमा घर बाहिरकाे खाने कुरा छाेराले नखाओस् भन्ने चाहन्थिन् । तर प्रतीक भने यसकाे ठिक विपरीत थियाे ।
एक दिन प्रतीक र उसका केही साथीहरू एउटा कार्यक्रमको लागि आफ्नाे गाउँबाट अर्काे टाढाकाे गाउँमा गए । त्यहाँ प्रतीकले धेरै मानिसहरूले खान नपाएकाे देख्याे । तिनीहरूसँग खानेकुरा थिएन। । उसले केटाकेटीहरू खानाको लागि यता-उता हात थाप्दै हिँडेकाे देख्याे प्रतीकलाई बालबालिकाहरू त्यसरी पेट भर्नकाे लागि हात थाप्दै हिँडेकाे देखेर सारै दया लाग्याे । त्यसपछि उसले आफूले खाने कुरा फालेकाे सम्झिन थाल्याे । आफूले फालेकाे खाने कुराले धेरै भाेका मानिसकाे पेट भरिने कुरा उसले सम्झन थाल्याे । उसले अब खाने कुरा कहिल्यै नफाल्ने मनमनै साेच्याे । खानाविना मानिस बाँच्न नसक्ने कुरा उसले आज बल्ल बुझ्याे । 
प्रतीक त्यस गाउँबाट फर्किएपछि उसले आफ्ना साथीहरूलाई पनि खानाको महत्त्व बुझाउन थाल्यो । उसले आफूले पनि कहिल्यै खाना खेर फालेन । अब विद्यालयमा घरबाट लगेको खाजा खान थाल्यो । कक्षामा एक जना शिक्षकले घरायसी खानाका फाइदाबारे पढाउनुभयो । त्यसबाट झनै ऊ प्रभावित भयो । प्रतीकले यो कुरा घरमा गएर आमालाई पनि भन्यो । आफ्नी आमा छोराको कुरा सुनेर निकै खुसी भइन् । प्रतीकले सॉझ बिहान घरमा खाना खाँदा एक गाँस पनि खाना खेर फाल्न छोड्‌यो । यो कुरा उसले चिनेजानेका सबै मानिसलाई बुझाउन थाल्यो । प्रतीककी आमा आफ्नो छोराले खानाको महत्त्व बुझेकाले निकै खुसी थिइन्।