Logo

Student Corner

फूलबारी

Written by: Aashutosh Basnet - 31005, Grade III

Posted on: 04 February, 2022

चारैतिर फूलैफूल कति राम्रो फूलबारी 
पुतली र चरा आउँछन् हेर्न घरी घरी ।

राता, पहेँला, निला, हरिया छन् फूल  
फूलबारीमा डुल्न आए भमराका हुल ।

फूलबारी हेर कति राम्रो बसिरहुँ लाग्ने 
मनमा भएका दुःखहरू टाढा टाढा भाग्ने ।

फूलबारी मलाई मन पर्छ घुम्न रहर लाग्छ 
मनमा भएका पिरहरू पर पर भाग्छ ।